काठमाडौ -संविधानसभाको दोस्रो निर्वाचनका लागि मंगलबार देशैभर मतदान
हुँदैछ । नयाँ संविधान निर्माणका लागि गठन हुने ६ सय १ सदस्यीय संविधानसभा
अन्तर्गत प्रत्यक्षतर्फका २ सय ४० क्षेत्र र समानुपातिकतर्फका ३ सय ३५
सीटका लागि मतदान हुन लागेको हो । विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म देशका
१८ हजार बढी मतदान केन्द्रबाट मतदान गराउने तयारी निर्वाचन आयोगले गरेको छ
।निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उपे्रेतीले मतदानका लागि देशभर सम्पूर्ण तयार पूरा भएको बताएका छन् । सोमबार आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त उप्रेतीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न दल, उम्मेदवार र सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् । २०६२र६३ को ऐतिहासिक जनआन्दोलनको परिवर्तनलाई संस्थागत गर्नको लागि नेपाली जनताले आफ्नो संविधान आफै लेख्न पहिलो पटक २०६४ सालमा संविधानसभाको निर्वाचन भएको थियो । तर, दुई वर्षको लागि गठन भएको संविधानसभाबाट चार वर्षसम्म पनि संविधान बन्न नसकेपछि पहिलो संविधानसभा विघटन भएको थियो ।
Post a Comment