- टोखा चण्डेश्वरी गाविसमा २५५८ मतदाता मध्य २३०९ कुल मत खस्यो
- टोखा सरस्वती गाविसमा २२१३ मतदाता मध्य २०३१ कुल मत खस्यो
टोखा काठमाडौं मंसिर ४- आज भएको दोस्रो संविधानसभा निर्वाचनमा टोखाको दुबै गाविसका मतदाताहरुको उत्साहाजनक सहभागितामा शान्तिपूर्ण वातावर्णमा सम्पन्न भएको छ । विहान सबेरै देखि मतदान गर्न मतदान केन्द्रमा मतदातहरु लाईनमा बसेका थिए ।
यस वर्ष टोखा चण्डेश्वरी गाविसमा २५५८ जना मतदाता र टोखा सरस्वती
गाविसा २२१३ जना मतदाता गरी कुल ४७६८ मतदान संख्या रहेका छन् । टोखा चण्डेश्वरी
गाविसमा २५५८ मतदाता मध्य २३०९ कुल मत खसेका छन् भने १५४ मृत्यु भएका र विदेशमा गएका
तथा यातायात नचलेका कारण मत मात्र खसिएन । यस्तै टोखा सरस्वती गाविसमा २२१३ मतदाता
मध्य २०३१ कुल मत खसेका छन् भने १८२ मत मृत्यु भएका विदेशीएका तथा यातायात नचलेका
कारण मत खसिएन ।
टोखा चण्डेश्वरी गाविसको मतदान केन्द्र तप लाछीमा
राखिएको थियो जसमा चार वटा बुथ रहेका थिए भने सरस्वति गाविसको मतदान केन्द्र श्री
सरस्वती उच्च मा विको प्राङगणमा भएको थियो जहाँ तीन वटा बुथ रहेको थियो ।
निर्वाचनको निर्धारित समय सकि सके पछि दुबै गाविसको मत पेतिकालाई स्थानीयबासिन्दाहरुले सक्रिय सहभागितामा सुरक्षितका साथ निर्वाचन आयोगको गाडीसम्म पुर्याइ दिएका थिए ।
निर्वाचनको निर्धारित समय सकि सके पछि दुबै गाविसको मत पेतिकालाई स्थानीयबासिन्दाहरुले सक्रिय सहभागितामा सुरक्षितका साथ निर्वाचन आयोगको गाडीसम्म पुर्याइ दिएका थिए ।
Post a Comment