टोखामा शनिबार तीन प्रमुख कार्यक्रम हुँदै



टोखा टाइम्स, काठमाडौं, असोज १६ — टोखा क्षेत्रमा शनिबार विभिन्न सामाजिक, खेलकुद तथा सामुदायिक गतिविधिसहितका तीन महत्वपूर्ण कार्यक्रम आयोजना हुने भएका छन्।


टोखा नगरपालिका वडा नं. ३ ले बालमैत्री स्थानीय शासन वडा घोषणा सभा आयोजना गर्दैछ। “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित हुने कार्यक्रम बिहान १० बजे वडा कार्यालय प्राङ्गण, सरस्वतीमा हुनेछ। कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसैगरी, श्री लघु उद्यम महिला समाज टोखाको आयोजनामा प्रथम प्रदेशस्तरीय ‘Catch ’n Serve Ball’ प्रतियोगिता हुँदैछ। टोखा–२ स्थित न्हुज पुस्तकालय परिसरमा बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहनेछ। कार्यक्रमलाई टोखा नगरपालिका वडा नं. २ कार्यालयले सहयोग गरेको छ।

त्यस्तै, स्वास्थ्य, फिटनेस तथा सामाजिक सेवासँग जोडिएको ‘Run for Relief – Community Run 2026’ पनि शनिबार बिहान टोखामा हुँदैछ। १२ किलोमिटरको दौड बिहान ५:३० बजे Fitmaxim Nepal Grande, टोखाबाट सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रममा फिनिसर मेडल, फिटनेस तथा जीवनशैलीसम्बन्धी गतिविधि, मनोरञ्जनात्मक खेल र राहत सहयोग अभियानसमेत समावेश छन्।

शनिबार टोखामा आयोजना हुने यी कार्यक्रमले बालमैत्री स्थानीय शासन, महिला सहभागिता तथा खेलकुद र सामुदायिक स्वास्थ्य एवं सामाजिक सेवाका विषयलाई एकै दिन केन्द्रमा ल्याउने भएका छन्।

Post a Comment

أحدث أقدم