टोखा टाइम्स, काठमाडौँ। काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक नगर टोखामा जीवित देवत्वको परम्परा अनुसार नयाँ 'गणेश' को चयन गरिएको छ। टोखा दुनिखेल निवासी नरेश डंगोल र रिना डंगोलकी एक वर्ष ७ महिनाकी सुपुत्री रेनिशा डंगोल नव नियुक्त जीवित देवी 'गणेश' बनेकी हुन्। शनिबार आयोजित एक विशेष धार्मिक तथा सांस्कृतिक अनुष्ठानका बीच रेनिशालाई औपचारिक रूपमा पूजनीय गणेशका रूपमा प्रतिस्थापन गरिएको छ।
रेनिशाले निवर्तमान गणेश प्राशना डंगोलको उत्तराधिकारीका रूपमा यो जिम्मेवारी सम्हालेकी हुन्। नेवार समुदायको प्राचीन धार्मिक परम्परा अनुसार जीवित देव-देवीको रूपमा पूजिँदै आएका बालिका किशोरावस्थामा प्रवेश गरेपछि वा शारीरिक परिवर्तन (रजतस्वला वा अन्य लक्षण) सँगै उनीहरूको देवकाल समाप्त हुने गर्दछ। सोही परम्परा अनुसार प्राशनाको गणेशकाल समाप्त भएपछि नयाँ गणेशको चयन गरिएको हो।
बाजागाजासहित प्राशनाको भावुक बिदाइ
लामो समयसम्म गणेशका रूपमा पुजिँदै आएकी टोखा लाम्ने निवासी पिता प्रकाश डंगोल र माता तुयु डंगोलकी सुपुत्री प्राशना डंगोलको गणेशकाल समाप्त भएपछि उनलाई शनिबार परम्परागत रीतिरिवाज अनुसार भव्य बिदाइ गरियो। विशेष पूजापाठ, तान्त्रिक विधि र तलेजुका नायो तथा प्रतिनिधि हरूको उपस्थितिमा बाजागाजासहित प्राशनालाई जीवित देवीको आसनबाट बिदाइ गरी सामान्य जीवनमा फर्काइएको छ। सो अवसरमा स्थानीय समुदाय र श्रद्धालुहरूले उनलाई सम्मानपूर्वक बिदाइ गरेका थिए।
बिदाइ लगत्तै तान्त्रिक विधिबाट शुद्धीकरण गरी नव नियुक्त गणेश रेनिशा डंगोललाई मूल आसनमा विराजमान गराएर पहिलो औपचारिक पूजा अर्चना गरिएको थियो।

नयाँ गणेशको रूपमा रेनिशा डंगोलको आगमनसँगै टोखा क्षेत्रमा धार्मिक उत्साह छाएको छ। अबका दिनमा टोखाका विभिन्न जात्रा, पर्व तथा सांस्कृतिक अनुष्ठानहरूमा रेनिशालाई नै मुख्य गणेशका रूपमा पुजिनेछ।

إرسال تعليق