टोखा, काठमाडौँ । टोखा नगरपालिका वडा नं. ३ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने भएको छ। वडा कार्यालयका अनुसार आगामी आश्विन १७ गते विहान १० बजे वडा कार्यालय भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री घोषणा गर्न लागिएको हो।
टोखा नगरपालिकाको बालअधिकार संरक्षण सम्बन्धी एकीकृत कार्यविधि २०८२ बमोजिम बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक पर्ने सम्पूर्ण मापदण्ड र सूचकहरू पूरा भइसकेका छन्। सोही आधारमा यही असोज १० गते बसेको टोखा नगरपालिका वडा नं. ३ को वडा समिति बैठकले असोज १७ गते घोषणा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
वडा अध्यक्ष रमेश डंगोलद्वारा जारी सूचनामा टोखा नगरवासी तथा विशेष गरी वडा नं. ३ का सम्पूर्ण वडावासी महानुभावहरूलाई उक्त ऐतिहासिक बालमैत्री घोषणा कार्यक्रममा उपस्थित भइदिन विनम्र अनुरोध गरिएको छ।


إرسال تعليق