हिड्नलाई बाटो छैन, के हेर्दै छन् गाविस प्रशासन?



(न्यूज अफ टोखा)-वर्खायामसँगै विग्रिन सुरुभएको टोखाको मुल सडकको अवस्था निकैनै नाजुक बन्दै गएको छ । टोखा प्रवेश गर्ने सिमाना देखि पुरै सडक अहिले खाल्डाखुल्डीहरु र हिलाम्य भएको छ । जसका कारण उक्त्त बाटोमा हिड्ने सर्वसाधन तथा यातायातका चाल्कहरु समस्यामा परेको हो ।

बाटोमा हिड्ने सर्वसाधारणहरु हिलाम्य बाटोमा हिड्न बाध्य भएका छन् । समयमा नै सडकको मर्मत तथा संभार नहुँदा समस्या झन जतिल बन्दै गएको छ । दैनिक हजारै यातायातका साधन गुड्ने र हजारै सर्वसाधारण ओहोरदोहोर गर्ने मुख्य सडक खण्ड यस्तो अवस्थामा पुगिसक्दा समेत स्थानीय गाविस प्रशासनले कुनै चासो दिएको छैन् । गाविसको उदासिन्ताका कारण सर्वसाधारणहरु यो समस्य सहन बाध्य भईरहेका छन् । जसका कारण प्रशासनदेखि स्थानीयबासिन्दाहरु अषंतुस्त भएका छन् । उनिहरु भन्छन् "गाविसले के हेर्दै बसेका छन्  ? निकम्मा प्रशासन..."

स्थानीय गाविस प्रशासनका कर्मचारीहरु गाविसमा त्यसका लागि बजेट नभएको बटाउँछन् । यो काम सडग विभाग अन्तर्गत पर्छ । हामीले यसको लागि सडक विकाससँग कुरा गर्दै गरेको बटाउँछन् । तर निर्माण कार्य कहिले हुने हो त्यो कुरा न त स्थानीय प्रशासनलाई नै थाहा छ न त सडक विभागलाई नै । तत्कालका लागि करिव २०-३० टिप ग्राभेल विछाई दिने मात्र हो भने पनि यो समस्याबाट सबै मुक्त्त हुन्थ्यो तर यस तर्फ न त राजनीतिक निकायको ध्यान पुगेको छ न त स्थानीय प्रशासनको नै ।

(यस बारेमा विश्तृत जानकारी हामी दिनेछौँ हेर्दै गर्नुहोला ।_
प्रकाशित मिति २०७१ श्रावण २३ गते

1 تعليقات

  1. सबैलाई चेतना भया
    बाटो सानो नै किन नहोस् तर निर्धक्कसँग सर्वसाधारण अनि यातायातका साधनहरु गुड्न सक्ने होस्।
    खै त हाम्रा गनयमान्य राजनीतिक स्रष्टाहरु ? किन मौन छन?
    आफ्नो ठाउँको समस्याको वास्तै छैन्
    ठुला ठुला भाषण छाट्नेले किन साना काम गर्न सक्दैनन्?
    बाहिरी देशको पीडामा जल्ने मुटु स्वदेशको पीडामा किन मौन छन्?

    ردحذف

إرسال تعليق

أحدث أقدم