सम्पति शुद्धिकरण विभागका अधिकृत दश लाख घुससहित अख्तियारको नियन्त्रणमा



काठमाण्डौ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सम्पति शुद्धिकरण विभागका अधिकृत शम्भुप्रसाद चालिसेलाई दश लाख रुपैंया घुससहित नियन्त्रणमा लिएको छ । मुद्दा मिलाइदिने, गैरकानुनी सम्पतिलाई शुद्ध बनाइदिने भन्दै विभागका कर्मचारीले घुस माग्ने गरेको भन्दै अख्तियारमा गोप्य उजुरी परेपछि उनीहरुमाथि निगरानी बढाइएको थियो।
 
चालिसेलाई भैसेपाटी स्थित सेवाग्राहीको निवास क्षेत्रमा घूस लिदै गर्दा नियन्त्रणमा लिइएको हो । सेवाग्राहीका अनुसार उनले १० लाख रुपैयाँ घूस लिएका छन् । सम्पत्ति शुद्धीकरण भनेको गैरकानूनी रूपमा आर्जित धनलाई कानूनी ढंगले कमाइएको भनी रूप परिवर्तन गर्ने एक प्रक्रिया हो । कालो धन (आतंकवादी क्रियाकलापमा वित्तिय लगानी) निवारण विषयमा अनुसन्धान गर्न सरकारले अर्थ मन्त्रालय अन्तर्गत सम्पति शुद्धिकरण अनुसन्धान विभागको गठन गरेको हो।  

अवैध, गैरकानुनी एवं आपराधिक कार्य र कसुर गरी कमाएको सम्पतिबारे र स्रोत नखुलेको सम्पतिबारे अनुसन्धान गरी कानुनी दायरामा ल्याउने मुख्य निकाय नै यही विभाग हो।

प्रकाशित मिति २०७१ श्रावण ३१ गते

Post a Comment

أحدث أقدم