टोखामा नेपाल संवत् ११४७ को अवसरमा म्हःपूजा कार्यक्रम आयोजना हुने

 



टोखा टाइम्स, टोखा, काठमाडौं। नेपाल संवत् ११४७ को अवसरमा टोखा नगरपालिका–२ स्थित थने लाछीमा म्हःपूजा कार्यक्रम आयोजना हुने भएको छ।


नेवाः गुथिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी २०८३ कार्तिक २४ गते मंगलबार सञ्चालन हुनेछ। कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।


नेवार समुदायको मौलिक संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा सहभागी भई नेपाल संवत् नयाँ वर्ष तथा म्हःपूजाको सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्न आयोजकले सबैमा अनुरोध गरेको छ।


कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।


Post a Comment

أحدث أقدم