काठमाडौं : सरकारले इबोला भाइरसबाट जोगिन अत्यावश्यक कामबाहेक अफ्रिकाका कुनै पनि देशको भ्रमण नगर्न सबै नागरिकलाई आह्वान गरेको छ। त्यस्तै अफ्रिकाबाट फर्किएका नेपालीलाई तीन साता छुट्टै बसेर स्वास्थ्य जाँच गर्न पनि सरकारले आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको उच्चस्तरीय बैठकले इबोला भाइरस नेपालमा जुनसुकै बेला भित्रन सक्ने जोखिम बढेकाले सतर्कता अपनाउन नागरिकलाई आह्वान गरेको स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए। 'यस विषयमा बुधबार अझ विस्तृत छलफल गर्ने भएका छौं।
सकेसम्म हामी परराष्ट्र मन्त्रालयलगायत सरोकारवाला निकायको सहमतिमा नेपालीलाई जरुरी कामबाहेक अरू अवस्थामा अफ्रिका जान नदिने निर्णयसमेत गर्नेछौं', मन्त्री अधिकारीले भने, 'इबोला केही गरी पनि नेपाल भित्रिन नपाओस् भन्ने चाहना हो।'
बैठकले अफ्रिकी मुलुकबाट भित्रिन मासुजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय गरेको पनि मन्त्री अधिकारीले बताए। उनले अफ्रिका र आसपासमा रहेका सबै नेपालीलाई पनि आफ्नो सुरक्षा गर्न र आपत्कालीन अवस्था आइपरेमा तत्काल खबर गर्न आह्वान गरेको जानकारी दिए। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका स्वास्थ्य अधिकारी तथा नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख उपस्थित थिए।

मिति : २०७१ साउन, २८ बुधबार
पश्चिम अफ्रिकामा आतंक मच्चाइरहेको इबोला भाइरस भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालै हेल्थ डेस्क सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ।
'नेपालमा कुनै पनि बेला इबोला भित्रिन सक्ने जोखिम बढ्यो, नागरिक उड्डयन कार्यालयसँग एउटा कोठा मागेर भए पनि हेल्थ डेस्क राख्ने निर्णयमा पुगेका छौं', बैठकमा सहभागी महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने, 'रोग परीक्षण गर्न तत्काल सबैखाले उपकरण र जनशक्ति जुटाउन सम्भव नभएकाले शंकास्पद बिरामीको उपचार गर्न टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र वीर अस्पतालमा पठाउने तयारी भएको छ।'
इबोला भाइरसले पश्चिम अफ्रिकामा एक हजारजनाभन्दा बढीको ज्यान लिइसकेको छ। विश्व स्वास्थ्य संगठनले दक्षिण-पूर्वी एसियाका ११ मुलुकमा अहिलेसम्म इबोला भाइरस नदेखिएको स्पष्ट पारेको छ। संगठनको दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनमक्षेत्रपाल सिंहले यस क्षेत्रमा इबोला भाइरस अहिलेसम्म नदेखिए पनि उच्च जोखिम रहेको बताएकी छन्।
चिकित्सकका अनुसार इबोला भाइरस शरीरभित्र प्रवेश गरेपछि लक्षण देखिन केही समय लाग्छ। त्यस अवधिमा बिरामी यौनजन्य क्रियाकलापमा सहभागी भएमा वा संक्रमित रगत, दिसापिसाब, थुक वा अरू तरल पदार्थबाट अर्को व्यक्तिमा सर्ने सम्भावना हुन्छ। यस्तै संक्रमित मानव अगं प्रत्यारोपण गर्दा पनि इबोला भाइरस सर्छ। इबोला भाइरस सुरु मा चमेरोको शरीरमा भेटिए पनि यो जंगली जनावरको मासुबाट मानिसमा सरेको अनुसन्धानकर्ताले बताएका छन्।

إرسال تعليق