आज सापारु दिवंगत आत्माको शान्तिको कामना गर्दै मनाईयो



नगर परिक्रमा गर्न घरबाट विदा गर्दैगरेको दृश्य
(News of Tokha)-आज सापारु दिवंगत भएका आफन्तको आत्माको चीर शान्तिको कामना गर्दै मनाईयो । चालु वर्षमा दिवंगत भएकाहरुको घरबाट गाईको प्रतिमा र विभिन हास्य झाँकि सहित सामुहिक टोखा नगर परिक्रमा गर्ने परम्परा रहदै आइरहेको छ । यस दिन दिवंगत भएका आफन्तको आत्माले स्वर्गमा बास पऔस् भन्ने कामना सहित यस्तो गर्ने गर्दछ ।
यसरी नगर परिक्रमा गर्न घरबाट विदा दिदाको दृश्य निकै नै कारुणिक र हिदय विदारक हुने गर्दछ । आफ्ना दिवंगत भएका ब्यक्त्तिलाई सम्झेर भावविभोर भई रुने गर्दछन् । यो दृश्य हेर्ने जो कोहिको पनि आँखा रसाउँ छ । यसरी सामुहिक टोखा नगर परिक्रमा गर्ने क्रमा ठाउँठाउँमा दिवंगत भएका आफन्तहरुले प्रसाद दिने गर्दछ । 

गाविस स्रोतका अनुसार यस चालु वर्षमा टोखामा कुल ३५ जना दिवंगत भएको थियो ।


धरापमा पर्दै छन् हाम्रा सँस्कृति
समय क्रम सँगै आधुनिकता मौलाई रहेको परिपेक्ष्यमा विस्तारै हाम्रो सस्कृति रीतिरिवाजहरु धरापमा पर्दै गईरहेको छ । हाम्रो परम्पराहरु मनाउन निकैनै अप्थ्यारो अवस्थाको वातावरण सिर्जना भई रहेको छ । टोखामा आज सापारु मनाई रहँदा एउटा यस्तै दृश्य देखियो । एका तर्फबाट साँस्कृतिक झाँकी अगाडी बढि रहेको थियो भने देखि अर्कोतर्फ गाडीहरु ठेल्मठेल गर्दै हुईकि रहेको थियो ।  जसका कारण नगर परिक्रमा गर्ने कार्यमा निकै बाधा सिर्जना हुन पुगेको थियो । गाडीका कारण अवस्था निकैनै अस्तवेस्त हुन पुग्यो । जसका कारण जुन रुपमा नगर परिक्रमा अगाडि बढ्नु पर्ने हो त्यस अनुरुप हनु सकेन ।
हाम्रो मौलिकतालाई नबुझनेहरुले ठाडै त्यसमाथी आक्रमन गरेको छ । यस्तो अवस्था देखे पछि केही साँस्कृतिक प्रेमी युवाहरुले गाडिलाई रोकि सापारुको नगर परिक्रमा गर्ने कार्यलाई सहज बनाईदिएको थियो ।
अब प्रश्न उठ्छ यस्ता मौलिक साँस्कृतिक परम्पराहरु मनाईने समयमा त्यसलाई व्यवस्थित बनाउने जिम्मेवारी कस्को ? गाविस प्रशासन, स्थानीय बासिन्दा, स्थानीय संघसंस्था , साँस्कृतिक संघसंस्था, या अन्य कसैको
केहि झलकरु




प्रकाशित मिति २०७१ श्रावण २६ गते

Post a Comment

أحدث أقدم