टोखा बृहत् खानेपानीको बोरिङबाट करिब १०० मिटर तामाको तार चोरी



टोखा, मंसिर ४ — टोखा बृहत् खानेपानीको सपनतीर्थ मन्दिर प्राङ्गणमा रहेको बोरिङबाट करिब १०० मिटर तामाको तार चोरी भएको छ।


गएको राति बोरिङको फ्ल्याट कोर–३ मा जडान गरिएको १२ एमएमको तामाको तार चोरी भएको खानेपानी आयोजनाले जनाएको छ।


तार चोरी भएपछि खानेपानी वितरण सेवामा अवरोध उत्पन्न भएको छ। घटनाका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोजनाले यथाशीघ्र पानी वितरण सेवा सुचारु गर्ने जानकारी दिएको छ।


Post a Comment

أحدث أقدم