एसएलसीको परीक्षाफल शनिबारसम्ममा

काठमाडौं, २८ जेठ:  यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल जेठ महिनाको अन्त्य (आगामी शनिबार)सम्ममा हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यो महिनाको अन्त्यसम्म रिजल्ट प्रकाशित गर्ने तयारी गरेको छ ।
कार्यालयले प्राप्ताङकको लेजर तयार भएको जनाएको छ । कार्यालय स्रोतकाअनुसार अबको दुई दिन नम्बरहरु भेरिफाई गर्न लाग्ने भएकोले शनिबार रिजल्ट हुने सम्भावना बढि छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दु्रत गतिमा काम भइरहेको र चाँडै नजिता आउने बताए । उनकाअनुसार यसपटक ग्रेस पाँच नम्बर थपिएको छ । यसपटक एसएसलसीमा ५ लाख ६६ हजार ८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये एक लाख ४६ हजार ७ सय ३३ जना एम्जाम्टेड छन् ।

Post a Comment

Previous Post Next Post