कृषि व्यवसायमा लाग्ने युवालाई सरकारले ५० प्रतिशतसम्म अनुदान दिने

काठमाडौँ, जेठ २७– सरकारले आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ ।

कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा रु २३ करोड प्रस्ताव गरिएको राससलाई जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा रु १३ करोड रकम विनियोजन गरिएको भए पनि लक्षित कार्यक्रममा युवालाई समेट्न नसकेपछि यो आवमा बजेट वृद्धि गरिएको हो ।

तरकारी खेती, मौरीपालन, पशुपालनलगायतका कार्यक्रमका लागि मन्त्रालयले उक्त अनुदान उपलब्ध गराउने भएको हो । १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले बताए ।

व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर रु ५० हजारदेखि रु दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ ।
काठमाडौँ, जेठ २७–सरकारले आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ ।
कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा रु २३ करोड प्रस्ताव गरिएको राससलाई जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा रु १३ करोड रकम विनियोजन गरिएको भए पनि लक्षित कार्यक्रममा युवालाई समेट्न नसकेपछि यो आवमा बजेट वृद्धि गरिएको हो ।
तरकारी खेती, मौरीपालन, पशुपालनलगायतका कार्यक्रमका लागि मन्त्रालयले उक्त अनुदान उपलब्ध गराउने भएको हो । १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले बताए ।
व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर रु ५० हजारदेखि रु दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ ।
- See more at: http://www.ratopati.com/2014/06/10/136168.html#sthash.wMGgPaSX.C8TT97iq.dpuf

Post a Comment

Previous Post Next Post