काठमाडौं, मंसिर
४- बिहान ७ बजेदेखि सुरु भएको संविधानसभाको दोस्रो निर्वाचन अहिले ५ बजे सम्पन्न
भएको छ ।
छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार जुम्लाको डेटा गाविसमा निर्वाचन स्थगित भएको छ । यस्तै अन्यस्थानमा छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राइले जानकारी दिए । राइका अनुसार विभिन्न निर्वाचन केन्द्रबाट मतगणनास्थलसम्म पतपेटिका संकलन गरेलगत्तै मतगणना सुरु हुने छ । प्रारम्भिक विवरण अनुसार कुल मतदाताको ७५ प्रतिशत मत खसेको जनाइएको छ ।
देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् । जसमा ५९ लाख ८० हजार ८ सय ८१ पुरुष, ६१ लख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गी छन् । १० हजार १३ मतदान स्थल थिए भने १८ हजार ४ सय ५६ मतदान केन्द्र थिए । यस्तै ३ सय ३६ अस्थायी मतदान केन्द्र राखिएको आयोगले जानकारी दिएको छ ।
निर्वाचनबाट प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ गरी ५७५ जनप्रतिनिधि संविधानसभाका लागि चुनिनेछन् । बाँकी २६ जना राष्ट्रिय जीवनका प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नवनिर्वाचित सरकारले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानसभामा जम्मा ६०१ सदस्यको प्रतिनिधित्व हुनेछ ।
निर्वाचन निर्वाचन आयोगले मतदान स्थलहरुमा मोवाइल, क्यामरा जस्ता विद्युतीय उपकरणहरु लैजान प्रतिवन्ध लगाएको छ । विहान ५ बजेबाट मध्यरात १२ बजेसम्म अनुमति लिएका बाहेकका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।
विश्वमै संविधानसभाका लागि दोस्रोपटक निर्वाचन भएको इतिहास विरलै पाइन्छ । यस निर्वाचनले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन पद्धति लगायतका विषयलाई संविधानसभाले बनाउने नयाँ संविधानबाट टुङ्गो लगाइने विश्वास गरिएको छ ।

Post a Comment