प्रथम वडाध्यक्ष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


 

काठमाडौँ । टोखा भगवती क्लबद्वारा आयोजित प्रथम वडाध्यक्ष स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पुष ११ गते देखि सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो।

वडा अध्यक्ष स्तरीय टोखा भगवती क्लबले आयोजना गरेको प्रतियोगितामा टोखाको १,, र ३ वडा टिमको सहभागिता रहेको थियो । जसमा “सी” ग्रुपमा अशोक डंगोल र जितेंद्र मानन्धरको टिम प्रथम भएको छ । उनीहरुले २५ हजार रुपैयाँ संगै ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा केस कुमार र विजय डंगोल को टिम द्वितीय भएको छ । उनिहरुले १५ हजार रुपैयाँ सहित ट्रफि, मेडल प्रमाण प्रत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा “बी” ग्रुप बाट बुद्ध डंगोल र अमन डंगोल को टीम प्रथम भएको छ । उनीहरूले पनि २५ हजार सहित ट्रफि, मेडल प्रमाण प्रत्र प्राप्त गरे ।यसै गरी दोस्रोमा अमर डंगोल र नारायण श्रेष्ठ भए। उनीहरुले १५ हजार रुपैयाँ संगै ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरे ।

प्रतियोगिता समापन समारोहमा टोखा नगरपालिका वडा नं२ का वडा अध्यक्ष दिपक राज जोशीको प्रमुख आतिथ्यमा र विशेष अतिथि नेपाल व्याड मिन्टन संघ काठमांडौं अध्यक्ष दिपक थापा को उपस्थितमा आयोजित कार्यक्रमकाबीच विजेतालाई पुरस्कार वितराण गरिएको थियो ।

Post a Comment

Previous Post Next Post