टोखा चण्डेश्वरी र सरस्वती गाविसको सामाजिक सुरक्षा भत्ता सम्बन्धी विशेष अनुरोध



२०७० भाद्र ३० गते आइतबार- टोखा चण्डेश्वरी र  सरस्वती गाविसमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ, एकलविधवा तथा अपांगता भत्ता लिइ रहनु भएकाहरुलाई यस आर्थिक वर्ष देखि बैंक मार्फत भत्ता दिने व्यवस्था मिलाएको छ ।
यसका लागि यहि असोन १ गते देखि बैंकका टोली गाविसमा आई भत्ता लिइ आइरहनु भएका हरुको खाता संचालन गर्ने भएकाले भत्ता पाउदै आउनुभएका महानुभावहरुले नागरिकताको फोटोकपी, भत्ता प्राप्त गरेका रातो कार्ड र पासपोर्ट साईजको फोटी दुई प्रति लिई दुबै आआफ्नो गाविसमा उपस्थित हुनु पर्नेछ  
१ हप्त सम्म सो टोलीले खाता संचालन गर्ने भएकाले खाता खोल्न असक्षम भएकाहरुको भत्ता स्वतः रद्द हुने जानकारी समेत गाविस श्रोतले गरेको छ । गाविस कार्यालय समय विहान १० देखी ५ मा उपस्थित हुनुभई सेवा लाभ लिन भनेका छन् । यसका साथै सचेत नागरीकले आफ्नो टोल छिमेकमा रहेका यस्ता व्यक्तिहरुलाई जानकारी गराई सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

Post a Comment

Previous Post Next Post