नेवाः गुथि तोखाको तेस्रो अधिवेश सम्पन्न



२०७० भाद्र ३० गते अइतबार- नेवाः गुथि तोखाको तेस्रो अधिवेश हिजो टोखाको ऐतिहासिक पवित्र तिर्थस्थल सपनतिर्थ परिसरमा सम्पन्न भएको छ । अधिवेशनमा गुथिका अध्यक्ष र कोषाध्यक्षले क्रमश गणेशमान श्रेष्ठ र हेराकाजी डंगोलले गुथिको बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रेस गर्नु भएको थियो ।
यस गुथिले टोखामा रहेका  संघ, संस्था, गुथि, खल, पुच समेतेर बृहत् परिषद बनाएर चार महिनाको एक चोटी बैठक बसिने गसथिका अध्यक्ष गणेशमान श्रेष्ठ ले भन्नु भयो । टोखामा नेवाः हक हति र र अधिकार सँगै नेवाःको अस्तित्व र उत्थानका लागि एक जुत भए अगाडी बढिरहेको नेवाःगुथि टोखाले भाषा साहित्य कला र संस्कृतलाई जीवनतता दिने कार्यमा योग्दान पुर्याउँदै आइरहेको छ ।

अधिवेशनमा अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा १७ जनाको नयाँ कार्य समितिको गठन गरिएको थियो । गुथिका नयाँ पदाधिकारिहरु निम्म रहेका छनः
अध्यक्ष गणेशमान श्रेष्ठ उपाध्यक्ष माईला डंगोल
सिचव सत्यनारायण डंगोल
सहसचिव शैलेन्द्र डंगोल
कोषाध्यक्ष हेराकाजी डंगोल
सहकोषाध्यक्ष सुलेना मानन्धर
सदस्यहरु धनविर लवट, रामकृष्ण डंगोल, सुर्यमान डंगोल, हरि बहादुर मानन्धर, विक्रम श्रेष्ठ, सानुमाया श्रेष्ठ, पुनमाया श्रेष्ठ, संगिता डंगोल, हेमराज श्रेष्ठ रहेका छन् । यस गुथिको कार्यकाल तीन वर्षका लागि हुनेछ । 

नेवा देय दबुका अध्यक्ष रमेश ताम्राकारको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन भएको थियो । अधिवेशनमा टोखा भुतपुर्व गाविस कसिनारायण श्रेष्ठ, काठमाडौँ जिविसका पुर्व जिल्ला सदस्य पञ्चनारायण श्रेष्ठ लगाएत टोखामा रहेका सबै दाफा, भजन खलःका गुरुहरु अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post