२०७०
भाद्र ३० गते अइतबार- टोखामा
आज देखि येँया पुन्हि शुरु हुँदैछ । आज विहान मुख्य मुख्य चोकहरुमा लिंगो थहराइ
सकेको छ भने टोलटोलमा विधिन देवीहरुको प्रतिमाका साथै दियो दलुचा र पालाहरु समेत
राखि सकेको छ । प्रत्येक वर्षा भाद्र शुक्लपक्षको एकादशी को दिन देखि पुर्णिमा
सम्म पाँच दिन मनाइन्छ ।
बेलुका सना तथा महिलाहरु सास्कृतिक बाजागाजा
सहित सँगितिक वातावरणमा टोखामा रहेका धार्मिक स्थलहरुमा बत्ती दिएर नगर परिक्रमा
गर्ने गर्दछन् ।
यस पर्वको विभिन्न नाम रहेका छन् येँया पुन्हि इन्द्रजात्रा सम्याय् बजि चाड् पनि भन्ने गरिन्छ । यो नेवाः समुदायमा मात्र मनाइने हुन्दा आआफ्नो समुदायमा आआफ्नै मौलिक परम्परा अनुसार मनाइन्छ ।
Post a Comment