टोखा टाइम्स, काठमाडौं । टोखाटार बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा श्यामकाजी श्रेष्ठ चयन भएका छन् । शुक्रबार टोखामा सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
श्रेष्ठ यस अघि संस्थाको सचिव थिए । निर्वाचन उपसमितिका संयोजक राजकाजी डंगोलका अनुसार कार्यसमिति उपाध्यक्षमा बिकास डंगोल चयन भएका छन् भने सचिवमा सिर्जना महर्जन र कोषध्यक्षमा अनिश डंगोल चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा मनिशा लवट, सविना श्रेष्ठ सुवेदी , लक्ष्मी श्रेष्ठ र पार्वती डंगोल महर्जन चयन भएका छन् ।
साधारणसभाले धर्मराज डंगोलको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन समेत गरेको छ । डंगोलको संयोकत्वको लेखा समितिमा पञ्चलाल डंगोल र रमा श्रेष्ठ सदस्य रहेका छन् ।
त्यस्तै साधारणसभाले एभरेस्ट श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय ऋण समितिको गठन गरेको छ । श्रेष्ठको संयोजकत्वको ऋण समितिमा सुमित्रा महर्जन र निरज श्रेष्ठ सदस्य रहेका छन् ।
साधारणसभाले रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गठित शिक्षा उपसमितिमा अनु डंगोल र राज श्रेष्ठ सदस्य रहेका छन् ।
साधारण सभामा निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता तथा टोखाटार बहुउद्देश्यीय सहकारी संस्थाका जेष्ठ शेयर सदस्य मोतीलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
टोखाको लबुमा अवस्थित लबु क्याफेमा सम्पन्न कार्यक्रममा शेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Post a Comment