ब्लगको बारेमा शब्दहरु

लामो समयको अन्तराल पछि पून यहाँहरु मझ उपस्थित हुने मेसो मिलेको छ । यहाँहरुको साथ र मायाका कारण म जतिसुकै टाढा हुन खोजे पनि टाढा भने बस्न सकेन । तपाईहरुको यही माया र साथले मलाई यहाँहरु माझ  आउन करै लाग्यो । यही आत्मीयता र साथका कारण ममा नयाँ उत्साहा र जोश थपिदिएको छ । केही नयाँ कार्य गर्ने उमंग मिलेको छ अनि केही फराकिलो सोच्न बाध्य बनाई दिएको छ । मैले यस ब्लगलाई विशुद्ध रुपमा टोखाको ऐतिहासिक तथा मौलिक जीवन्त सँस्कृतिलाई मात्र उजागर गर्ने हेतुले सञ्चालन गरेको थिए । र केही हदसम्म यस कार्यमा म सफल भए पनि । समयको रफतार सँगै यस ब्लगमा सामाचारिक विषयवस्तुहरु पनि समाबेश गर्न यहाँहरुको आग्रहलाई हृदयगंम गर्दै टोखामा हुने गरेका केही मुख्य मुख्य घट्नाहरुको उत्थान पनि गरे । जसका कारण हाम्रो ब्लगको नाम अनुसारको बास्तकिरुपमा न्युज अफ टोखा नामाकरणलाई सार्थकता दिन केही हदसम्म सफल भए पनि ।

यसको श्रय सब तपाई आम पाठकवृन्दहरु नै हुनुहुन्छ । यदी तपाईहरुले माया गरेर नहेरिदिएको भए र हौसला प्रदान नगरिदिएको भए सायद यस ब्लगले यहाँ सम्मको यात्रा तयगर्न सक्ने थिएन । निरन्तर यहाँको साथ, माया र आत्मीयताका कारण नै यो ब्लग यहाँ सम्म आईपुग्न सफल भएको हो । हो केहि समय यता मैले ब्लगमा केही पनि नयाँ विषयवस्तुहरुलाई अपडेट गर्न सकिन यसको लागि क्षमा चाहान्छु । यस्तो हुनुको कारण म अहिले इन्टरनेटको पहुचभन्दा अति टाढा हुनुनै हो । मैले बिबिध कारणबस आफ्नो साईवरलाई बन्द गरे जसका कारण म अहिले पूण रुपले इन्टरनेटको पँहुचबाट टाढा छु । जसका कारण मैले चाहेर पनि नयाँ नयाँ विषयबस्तुहरुलाई तपाई आम पाठकबृदहरु समक्ष अपडेट गर्न सकिन । समय मिलाएर साईबरमा गई अपडेट गर्ने कोशिस गर्दैछु ।

यो ब्लग कुनै व्यवसायीक रुपले सञ्चालन भएको पनि होईन । आफु पत्रकारिताको विद्यार्थी भएको नाताले आफ्नो जन्म भूमिको र आफु बाचिँरहेको परिवेशको महत्व र मौलिकतालाई सबैको सामुने पु¥याई त्यसको प्रचार प्रशार गने उद्देश्यले प्रेरित भएर सञ्चालन गरेको थिए । आफ्नो दैनिक जीवनबाट बचेको केही समय आफ्नो जन्म भूमिका लागि केही गर्न सकिन्छ कि भनेर अगाडी बढाएको एउटा प्रयास कदम मात्र थियो । तर समयक्रम सँगै यस ब्लगले विशेष गरी बिबिध कारणले आफ्नो जन्मभूमि छोडेर पर्देशमा रहनु भएका आम टोखाबासीहरुले यस ब्लगलाई औधि मनपराउनु भयो । केही हदसम्म आफ्नो भूमीको बारेमा नयाँ जानकारी पाउने एउटा विश्वाशिलो माध्यको रुपमा यो ब्लग उभिन्न सफल भयोे । र आफ्नो पहिचान बनाउन धेरै नभए ता पनि केही हदसम्म सफल भयो पनि ।

यहाँहरुको माया र विश्वासलाई दिगो बनाई राख्नका लागि मैले पनि निकै मेहिनत र परिश्रम गरे धेरै योजनाहर पनि बुँने यसक्रमको दौरानमा तर मैले बुँनेका योजना मुताबिक म अगाडी भने बढ्न सकेन यसका धेरै कारणहरु छन् । मेरो सपना मेरो इच्छा यो थियो कि समग्र टोखाको विषयवस्तुलाई सत्यतथ्य निष्पक्ष रुपमा आम पाठकहरु समक्ष पु¥याउ । तर मैले यसो गर्न सकिन कारण मैले उठान गरेका विषयवस्तुहरु बारे बधिभन्दा बधि टोखाबासीले हेरुन्, पढुन् र त्यसबाट केही सकरात्मक प्रभाव परोस्, सकरात्मक नतिजाको सृजना होस् । मेरो सोच र इच्छालाई बढी प्रभावित इन्टरनेटको पहुँचले ग¥यो । यो ब्लग अनलाई संस्करण भएका कारण बिना इन्टरनेट हेर्न यसमा अपडेट भएका सूचनाहरु उनीहरु समक्ष पुग्ने पनि भएन । त्यस कारणले पनि मैले चाहेर पनि सबै विषयवस्तुहरुलाई यहाँहरु समक्ष प्रस्तुत गर्न सकिन । तर अहिले विस्तारै टोखाबासीहरुमा पनि इन्टरनेटको पँहुचमा बृद्धि भईरहेको छ । अब भन्ने मैले सोचेको कार्य गर्न सकिने भएको छ । यही कुरालाई मनन् गर्दै अब म मिसन पत्रकारितालाई आत्मासाथ गर्दै अगाडी बढ्ने जम्रर्को गर्दैछु । त्यसमा विशुद्ध टोखाको विकास निर्माणका कार्यहरुको नालिबेलिलाई समेत्दै अगाडी बढ्ने सोचमा पुगेको छु ।
समयको रफटार सँगै अघिबढ्न नसक्नुको कारणहरुलाई उत्थान गर्दै विश्लेशनात्मक लेखहरुलाई समाबेश गर्ने प्रयास रहने छ । हामी हरेक हिसावले पिछडिरहेका छौँ आर्थिक रुपमा शैक्षिक रुपमा र विकास निर्माणमा । जब सम्म आम जनमानसमा उसको बाट मेरो भन्ने भावनाको बिकास गर्न सकिदैन तब सम्म आफ्नो ठाउँको बिकास गर्नन सकिन्दैन, त्यसलाई माथि उकास्न पनि सकिदैन । यस्तै भावनको बिकास गर्नका लागि मिसनको रुपमा नै यस ब्लगालाई सञ्चालन गर्ने दृदसंकपका साथ आफ्नो कदमलाई अगाडी लम्काइ रहेको छु । मेरो यो लक्ष्यको विन्दुमा पुग्न कतिको सफल हुनेछ त्यो त भोलिको दिनमा थाहा हुनेछ ।

أحدث أقدم