कहिले होला सडक कालोपत्रे
केही वर्ष देखि टोखाको सडकहरु निकै नै वेस्त हुँदै गई रहेको आभाष हुन थालेको छ । काठमाडौंबाट छोटो दुरीमा नुवाकोटसम्म पुग्ने टोखा छहरे मार्गको निर्माण पश्चात काठमाडौंबाट नुवाकोट र नुवाकोटबाट काठमाडौं आवत जावत गर्ने सवारी साधनहरुको सँख्या दिनप्रतिदिन बर्दोछ । यसका साथै टोखामा आवासीय घरहरुको निर्माण सँख्यामा तीव्रता आउनुका साथै बसाईसरि भित्रिनेहरु पनि बर्दोछ । जसका कारण टोखा अहिले विस्तारै वेस्त शहरमा परिवर्तन हुदै गएको आभाष हुन्छ । सडकको भारवहन क्षेमता भन्दा बढी ठुल्ठुला मालबाहक गाडीहरु ओहोरदोहोर कार्य दिनानु दिन बर्दाेछ ।
तर जुन रुपमा सवारी साधनहरु टोखाको सडक हुँदै गुडिरहेका छन् ती सवारी साधन गुड्ने बाटोको अवस्था भने दिनप्रतिदिन विग्रदो छ । मुलत ३२ फिट चौडाई र २८ लम्बाई कि.मि.का टोखा छहरे मार्गको सिमाकङ्ण सामाखुशी चोक देखि धापासी, टोखा, झोर महाकाल हुदै नुवाकोटको घले भञ्ज्याङ्ग, ढिकुरे,अल्छे मैडान, बालकुमारी माने भञ्ज्याङ्ग सम्म यस मार्गले छोएको छ । यी ठाउँका बिभिन्न स्थानमा बाटो पुरै कालोपत्रे भई सकेको अवस्था छ, भने टोखाको मुल प्रवेशका रुपमा रहेको खुःपाचाः(बिष्णुमती पुल) देखि टोखाको गणेस्थान सम्मको करिव दुई किलो मिटरको सडके भने अझै सम्म कालोपत्रे हुन सकेको छैन । अरु सबै ठाउँमा बाटो कालोपत्रे भई सक्दा पनि यो सडक मात्र कालोपत्रे नहुनुको कारण के हो त ? किन हुन सकेन कालोपत्रे करिब दुई किलो मिटर सडक ? यो भन्ने निकै गम्मभीर बनेको छ ।
बिकासको मेरदण्डको रुपमा रहेको यातायात तथा सडक व्यवस्थित रुपमा निमार्ण गर्न सम्म सकिरहेको छैन । गत वर्ष टोखा छहरे मार्गको निर्माण क्रममा बाटोको चौडाइ ३२ फिट गर्नु पुर्व कालोपत्रे रहेको सडक विग्रिएको थियो भने त्यसका साथै नेपाल टेलिकमले अन्डग्राउण्डबाट टेलिफोनको तार बिछाएर बाटोको अवस्थालाई बिग्राने काम भयो । अर्को निकासका लागि ढल बनाउने कार्यले समेत बाटोलाई खाल्टाखुल्टी पार्ने काम भए । जसका कारण अहिले यस बाटोमा ओहोर दोहोर गर्न निकै नै गाह्रो भई रहेको छ । तर पनि आफ्ना छिमेकी गाविसहरुको बाटोहरु कालोपत्रे भई सक्दा पनि यस बाटोमा मात्र कालोपत्रे हुन नसक्नु टोखाका लागि बिडम्बना नै मान्नु पर्छ।
त्यस माथि पनि टोखाकै नेतृत्वदायी भूमिकामा टोखा छहरे मार्गको निर्माण कार्य भएको भएता पनि सामाखुशी देखि टोखा सम्म बाटो कालोपत्रे गर्ने कार्य समितिमा समेत नेतृत्व निर्वाह गरेकाहरुले टोखा प्रवेश द्धार विष्णुमति पुल सम्म कालोपत्रे गरेर त्यतिकै छोडेको छ । बृहत्त भेला भई सी.डी डेब्लोपर कम्पनी (ग्राण्ड टावर आवासीय क्षेत्रका सञ्चालक) दिपक कुंवरले एक करोड लागानीमा सामाखुशी देखी टोखासम्म बाटो पीच गर्ने कार्ययोजनामा तर्जुमा गरेर यस निर्माण समितिको अध्यक्षमा टोखाकै जण्यमान्य ब्यक्ति थिए । बाटो पीचको शुरुवाट दिपक कुंवरको आफ्नौ आवासीय क्षेत्र (टोखो प्रबेश गर्ने बिष्णुमती पुल)बाट सुरु गरियो । परिमाण शोरुप टोखाको दैइलोसम्म आएर कालोपत्रेबाटो रोकिएको छ । र टोखा यहाँ निर निकै नराम्रोसँग चुक्यो जसरी प्रभावकारी भुमिका खेल्नु पर्थ्यो उसले खेल्न सकिन । लाग्छ ती सडकहरुले टोखालाई जिज्याईरहेको छ । साथै टोखाका राजनैतीक ब्यक्तिहरुलाई तिनीहरुको राजनीति सक्षमता माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।
अब छिटो भन्दा छिटो स्थानीय निकायले नेपाल सरकार अन्तर्गत सडक विभाग सँग पहल गरेर यस बाटोलाई व्यवस्थापन गर्न पहल गर्नु नितान्त आवश्यक भई सकेको छ ।

अब छहरे मार्गलाई छोडेर टोखामा रहेको बाटोको अवस्थाको सेरोफेरोमा रहेर चर्चा गरौँ ।
टोखामा मुल सडक २०४१ सालमा निमार्ण भएको देखिन्छ । त्यसताका सडकले सामाखुशी छोएको थियो । देशको मुल सडकको रुपमा निमार्ण भएको देखिन्छ । टोखामा एक दशक भन्दा अगाडी देखि बाटो निमार्ण कार्य तीब्ररुपमा शुरुभएको देखिन्छ । टोखाको मुल सडक खण्डबाट टोखाको पूवीय हात्तिगौडा गाविस, पश्चिममा फुटुङ्ग गाविस, दक्षिणमा गंगाबु गाविसमा आवतजावत गर्न सहज हुने गरी कच्चबाटको बिस्ता भएको थियो भने त्यसतै टोखा भित्रै बिभिन्न स्थानहरुमा पनि गोरेटो बाटोलाई ठुलो पार्ने काम भए । तर ती बाटोहरु हात सम्म पनि कुनै ब्यवस्थित भने बनाउन सकि रहेको छैन । न त दायाँ बायाँ ढल बनाउन सकियो न त ग्राबिल नै विछ्याउन सकिरहेको छ न त पीच नै गर्न सकिरहेको छ । छिमेकि गाविसहरुले गलि गलि सम्म बाटो पीच गरिसक्दा समेत हामीले मुख्य सडक खण्डको अहिले सम्म पनि पीच गर्न सकि रहेको छैन आखिर किन त ? गणेस्थानको ओरालो देखि लःबु हुदै भिल्लि(पञ्चेटार)मा भन्ने गत वर्ष सडक पीच भयो जुन झोरमहाकाल गाविस सम्म जोडिएको छ । यसका अलावा टोखाको कुनै पनि सडकले कालोपत्रे हुने अवसर प्राप्त गर्न सकिर रहेको छैन ।
टोखा सानो शहर र क्षेत्रफलको हिसाबले पनि त्यति ठुलो नभएको क्षेत्रमा दुइ दुईबटा गाविस छन् तर पनि बिकास निमार्णका कार्यमा जुनरुपमा हुनु पर्ने हो त्यति भन्ने हुन्न सकि रहेको छैन । हामी सँग नयाँ नयाँ बाटोहरु निमार्ण गर्न बजेट हुने तर भएको बाटोलाई ब्यवस्थित गर्न किन बजेटको व्यवस्था गर्न सकिएन ? यो हरेक टोखाबासिको मनमा उठ्ने गरेको प्रश्न हो । तुलनात्कम रुपमा हेर्ने हो भने दुई वटा गाविस भएको आधारमा अन्य गाविसको तुलनामा धेरै नै विकास निमार्णका कामहरु हुनु पर्ने हो तर दुभाग्य त्यस्तो भने हुन सकेको छैन । यस्तो हुनुमा कतै हाम्रा गाउँका अगुवा गर्नेहरु, राजनीतिक दलका पदाधिकारीहरुको कमजोर कार्यशैली प्रस्तुती र तिनीहरुको नेतृत्व गर्ने क्षमता पाको नभएर नै होला त ? या हाम्रो पहुँच देशको माथिलो निकाय सम्म न भएर हो ? यो भने निकै नै सोचनिय बिषय बनेको छ ।
विकास निमार्णको मेरुदण्ड मानिने सडकको व्यवस्थापन कहिले हुनेहो त्यो भन्ने हेर्न बाँकी नै छ ।

आखिर जिम्मेवारी कसको त ?
टोखा बस्तीमा प्रवेश गर्ने मुल सडक खण्ड टोखा सरस्वती गाविस भवन रहेको क्षेत्र देखि टोखा वस्तीमा मुल द्धार देखिको गणेस्थानसम्मको बाटोको अवस्था निकै नै नाजुक बन्दै गएको छ । वर्षातको समयमा हिलाम्य भएर बाटोमा हिड्ने बटुवाहरुलाई निकैनै सास्ती खेप्न बाध्य बनिरहेका छन् । पुरै बाटो हिलामेहुने हुँदा पाइला टेक्ने समेत ठाउँ छैन् । त्यसो त विद्यालयमा जाने साना विद्यार्थीहरुका लागि भने यसले निकै ठुलो समस्या नित्याएको छ । टोखा बृहत्त खानेपानी आयोजनाले खानेपानीको लागि धारा वितरण गर्न खनेको ढल तथा नेपाल टेलिकमले टेलिफोनको लाइन विछ्याउन खनेको ढलका कारण बाटो खाल्ताखुल्ती र हिलैहिलो भएको हो । पानी बहेर जाने निकासका प्वालहरु अहिले कहाँ छन् भनेर खोज्नु पर्ने अवस्था छ । तर दैनिक मानिसहरु ओहोरदोहोर गर्ने मुख्य सडकको यस्तो नाजुक अवस्थामा पुगिसक्दा समेत न त स्थानीय प्रशासनले बाटोलाई व्यवस्थित गर्न चाहो दियो न त सरोकारवालाहरुले नै । आखिर यसलाई व्यवस्थित पार्ने जिम्मेवारी कसको त ?
न्युज अफ टोखा जुन सोच र लक्ष्यलाई आत्मासाथ गरेर शुरुवाट भएको थियो त्यसलाई पूणता दिनका लागि हामी विस्तारै आफ्नो लक्ष्य तर्फ उन्मुख भई निर्भिक र सशक्त रुपमा सत्य तथ्य कुराहरुलाई बाहिर उजागर गर्ने क्रमलाई यस लेख सँगै थाल्नी गरेका छौँ । मिसन पत्रकारितालाई आत्मासाथ गर्ने सोचका साथ सुरुवाटमा बिकासको पुर्वाधारको रुपमा रहेको सडकको विषयबाट थाल्नी गरेका छौँ । हामीले कथा व्यथा मेरो गाउँको शीर्षक दिई यहाँको वास्तविकताहरुलाई केलाउने प्रयास गरेका छौँ । हामी यस्तै जन चासोका विषयहरु माथी आफ्ना कमल चलाउदै टोखाको विषयमा लुकेर रहेका विषयवस्तुहरु विस्तारै उजागर गर्दै जाने छौँ । हाम्रो प्रयास यहाँहरुलाई कस्तो लाग्यो सल्लाहा सुझाव र प्रतिकृयाको अपेक्षा गर्छौँ। तपाईहरु सँग पनि यस्तै कुनै पनि सूचना वा जानकारी भएमा हामीलाई हाम्रो इमेल मार्फत जानकारी दिन सक्नु हुनेछ । हाम्रो इमेल हो newsoftokha@gmail.com ।

2070-2-07