आज सकिमना पुन्ही

ने‍.सं.११३२ कछला गा पुन्ही- आज सकमना पुन्ही (सकमिरी पुन्ही) । यस दिन सकरखण्ड र पिँडालु उसिनेर खाने गिरन्छ । आजै कै दिन हिन्दुधर्मावम्लबीहरु बुढानिलकण्ठमा रहेको नारायणको मन्दिरमा ठुलो घुइचो लाग्ने गर्दछ । यहाँ मेला भर्न देशका बिभिन्न स्थानहरुबाट मानिसहरुको घुइचो लाग्ने गर्दछ । यस दिन टोखामा रहेका भजन तथा दापाः खलकहरु बाजागाजा सहित उक्त मेलामा सहभागि हुन्छन् ।
उसिनेको सखरखण्ड
यसै दिन टोखामा बेलुका ९ बजे तिर रोचक र रोमासपुर्ण जात्रा गरिन्छ । जसलाई स्थानिय भाषामा हलिमल (हलिंबलिं )भनिन्छ । यो बिशेष त टोखामा रहेका भजन खलकहरुले गर्ने गर्दछ । चार महिना लामो  भजनकृतन आज देखि सकिन्दैछ । यसै खुशियालिमा प्रत्यक वर्ष हरिबोधनि एकादशीका दिन देखि पुन्ही सम्म सुकुलमा बिभिन्न खाद्यय वस्तुले नारायणको मुर्ति कोरि जात्रा मनाउने परम्परा रहँदै आइरहेको छ ।उक्त खाद्यय बस्तु सोहोरिन युवाहरु तछाड् मछाड गरेर टिप्ने गरिन्छ जुन निकैनै रमाइलो हुने गर्दछ ।कुभिनोको फर्सीकालागि युवाहरु बीच तानातान र तछाड्मछाड् गरिन्छ ।

नारायण मन्दिरः बुढानिलकण्ठमा रहेको नारायणको मन्दिर यहाँ हरिबोद्धनि एकादशी 
देखी यहाँ मेला लाग्ने गर्दछ ।

Post a Comment

Previous Post Next Post