आज हरिवोधनी एकादशी


ने.सं.११३२ कछला एकादशी- आज हरिवोधनी एकादशी हिन्दुधर्मावलिहरु विष्णु, शिव लगाएत अन्य देविदेवताको पुजाआजा गरी ब्रत बस्ने गरिन्छ । आज बेलुका देखि टोखामा भजन मण्डलिहरुले विभिन्न खाद्य परिकार भुतेको (मुसाय) भतमास, (छोव) गँहु, बदाम, कनी (मकै) तथा फलफुल आदि उपयोग गरी देवीदेवताको आकृति सुकुलमा बनाउने चलन छ । जसलाई स्थानिय भाषामा हलिबलिं हलिम्ल भनिन्द्ध । बेलुकीको भजन सके पछि खलकका नायिकेले इशारा गरे पछि भजन श्रवण गरिरहेको सबै सम्पुर्ण व्यक्तिहरु तँछाड मछाड गरी खाद्यन्नबाट देवता आकार बनाइरहेको खाद्यान्न सोहोर्छन् । यो हरिवोधनी एकादशी देखि शुरु भै पुर्णिमाको दिन गरी पाचँ दिन सम्म गर्ने गरिन्छ ।

प्रकाशित मिति २०६८कात्तिक २० गते

Post a Comment

Previous Post Next Post