कार्त्तिक ९ गते बुधबार- नेपाल संवत प्रादुर्भावको प्रसंग एउटा अत्यत्न रोचक घटनासंग जोडिएको छ ।उहिले नेपालका एकजना ज्योतिषले काठमाडौं विष्णमति नदीको सहायक नदी लखुतिर्थबाट विशेष मन्त्रोचारण सहित मध्यरातमा निकालिएको बालुवा बिहान सुनमा परिणत हुन्छ भनी पत्ता लगाए छन् । उनको यो राजालाई बताए पछि राजाले सोहि अनुसार मध्यरातमा लखुतिर्थबाट बालुवा ल्याउन ज्यामीहरुलाई खटाएछन् । मध्यरातमा ज्यामीहरुले मन्त्र जस्तो लाग्ने अनौठो भाखा फलाक्दै बालुवा निकालेर बोरामा भर्न लागेको कुरा लखुतिर्थ किनारमा सौच गर्न निस्केका एकजना स्थानीय बासिन्दा शंखधर साख्वाःले देखेर त्यस बारे सोधपुछ गरेछन् ।
मध्यरातमा बालुवा लिन आउनुको विशेष कारण बारे अनभिज्ञ ज्यामीहरुले राजाको आदेशले बालुवा लिन आएको भनी बताए छन् । राजाले मध्यरातमा बालुवा लिन पठाउनुमा विशेष कारण हुन सक्छ भन्ने ठानी जिज्ञासु शंखधर साख्वाले म तिमीलाई चाहिने जति ज्याला दिन्छु । बालुवाको यो खेप मेरो घरमा छोड्नु,अर्को खेप राजा कहाँ लैजानु भने छन् । दोहोरो ज्याला पाउने भए पछि सोझा ज्यामीहरुले पनि त्यसै गरेछन् ।
विहान सखारै बाहिर निस्कन लागेका शंखधर साख्वाले घरको छिंडीमा राखेको बालुवा सुनमा परिणत भएको पाएछन् । यसरी अकस्मात रातारात भनी बनेका शंखधर साख्वाले जनहितकारी काम गर्ने उद्देश्यले त्यस बेला ऋणमा डुबेका प्रजाहरुको सम्पुर्ण ऋण तिरिदिने र उनको यस पुणीत कामलाई अमरत्व प्रदान गर्न राज्यले देशको नाममा नयाँ संवत चलाउन पर्ने शर्त सहित राजा राघवदेव समक्ष निवेदन गरेछन् । राजाले उनको निवेदन स्वीकार गरी मानदेव संवत ३०४ पुरा भएको भोलिपल्ट(अर्थात ई.सं.८८१) तिहा।को म्हःपूजा( अर्थात गोवर्धन पूजा) को दिनदेखि लागु हुने गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत प्रचलनमा ल्याउको घोषणा गरेछन् । यसरी देशको नामबाट चलाइएको विश्वको एकमात्र संवत नेपाल संवतको प्रादुर्भाव भयो । नेपाल संवतका प्रवर्तक कुनै राजा, रजौटा वा भार्मिक नेता नभएर काठमाडौंका एकजना सर्वसाधारण नागरिक शंखधर साख्वाको विशेष योगदान र पहलमा उक्त संवत स्थापना भएकोले उनै त्यसका प्रवर्तक हुन् भनी स्वीकार गर्दै केहि वर्षअघि नेपाल सरकारले उनलाई राष्ट्रिय विभुतिको सम्मान समेत प्रदान गरिसकेको छ ।
नेपाल संवत प्रादुर्भाव प्रसंगको आलोचना
ऋणमा दुबेका जनतालाई ऋणबाट मोचन गरेको महान उपलक्ष्यमा देशभक्तिको अनुपम नमुना स्वरुप स्थापित नेपाल संवतको प्रादुर्भावको प्रसंग आलोचनाबाट मुक्त छैन । यसका आलोचकहरु के आरोप लगाउँछन् भने मध्यरातमा मन्त्र फुकेर निकाल्दैमा खोलाको बालुवा सुनमा बदलिन्छ भन्नु मूर्ख बनाउनु मात्र हो । राजा जनकले हलो जोत्दा खेतको माटो मुनिबाट शिला निस्के झै निस्केकी सीताको अस्तित्व स्वीकार गरी उनलाई पूजा समेत गर्ने, गोरखानाथले छादेको बान्ता खान नमानेको तर सो बान्ता खुट्टामा लागेकोले पृथ्वीनारायण शाह विश्वको चक्रवर्ती सम्राट हुनुको सट्टा नेपालको मात्र राजा बने भनेर नथाक्ने यी महानुभावहरुले खोलाको बालुवाबाट सुनका कण संकलन गर्न सकिने सन्यलाई स्वीकार नगर्नु आश्चर्यजनक छ ।
हो,कथामा भनिए जस्तै शंखधर साख्वाको घरमा लगिएको सम्पुर्ण बालुवा सुनमा परिणत भएको भन्ने कुरा माथि शंका गर्ने ठाउँ छ । तर त्यस बालुवामा सुनका कणहरु हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । नेपालकै बोटे जातिका कतिपय मानिसहरु आज पनि खोलाको बालुवाबाट सुनको कण छानेर आय आर्जन गरी जीविका चलाइरहेको छन् भने त्यस बेलाको लखुतिर्थको बालुवामा सुनका कण पाइनु आश्चर्यको कुरा होइन । अहिले पो प्रदुषणले गर्दा त्यसमा सुनका कणको सट्टा अर्कै पहेंलो कुरा बग्छ । हिउँको सेतै लेदो बग्ने हुँदा सेती नदी भनिए जस्तै सुन पाईने भएरै पाटनको एउटा वस्तीका नामै लुँखुनि(सुनको नदी) नामाकरण गरिएको हुनु पर्छ । सुन पाइने वा सुनौलो बालुवा भएको कारणले सुनकोशीको नाम सुनकोशी राखिएको हुन सक्छ ।
क्रमशः.....

Post a Comment