नेपाल संवतलाई राष्ट्रिय मान्यता


काठमाडौ, कार्तिक ८ - नेपाल संवतलाई पनि अबदेखि सरकारी क्यालेन्डरमा उल्लेख गरिने भएको छ । विक्रम सम्वतसँगै राष्ट्रिय क्यालेडन्रमा नेपाल संवत पनि लेख्ने निर्णय सरकारले गरेको छ ।
सिंहदरवारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अन्य सम्वतहरुको अध्ययन गर्न पद्मरत्न तुलाधारको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरिएको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एक महिनाको समय दिइएको आयोगमा कुमार योन्जन र हरिनारायण मल्ल सदस्य छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विभूति शंखधर साख्वा राष्ट्रिय प्रतिष्ठान गठन गर्नेसमेत निर्णय गरेको छ ।

Post a Comment

Previous Post Next Post