नेपालको गौरव–नेपाल संवत (विश्तृत जानकारी सहित)

कार्त्तिक ८ गते मंगलबार- काल गणना बेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानव समाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । मानव सभ्यलाको उदयसँगै काल गणनाका दुई मुख्य प्रविधिको विकास भएको पाइन्छ –चन्द्रमाको गति अनुसार गरिने काल गणना र सूर्यको गति अनुसार गरिने काल गणना । ती प्रविधिहरुलाई सोहि बमोजिम चन्द्रमानक पात्रो र सूर्यमानक पात्रो भनिन्छ ।संसारमा अहिले पनि सूर्यमान र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । ती मध्ये कुनै एउटा पात्रोको आधारमा एउता विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत भन्ने गरिएको छ । विश्वमा प्रचलित संवतहरु मध्ये अधिकांश संवतहरु कुनै धर्म, धार्मीक नेता वा शासकहरुको नाममा प्रचलनमा ल्याएका छन् । चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत विश्वको एक मात्र यस्तो संवत हो जुन देशको नाममा प्रचलनमा ल्याएको छ । नेपालमा अत्यन्त हर्षोल्लासका साथ मनाइने चाडपर्व मध्यको एक दिपावलीको रमाईलो पर्वका बीच इस्वी संवत २०११ अक्टोवर २७ तारिख तदनुसार विक्रम संवत २०६८ कार्तिक १० गते विहिबारको दिन नयाँ वर्ष नेपाल संवत ११३२ शुभारम्भ हुन गईरहेको छ । यस सुखद अवसरमा नेपाल संवत बारे इतिहासका केही घटनाका साथै यस बारे लिइनु पर्ने सहि दृष्टिकोण सम्बन्धमा यो आलेख तयार गरिएको छ ।

नेपालमा प्रचलनमा ल्याएका संवतहरु
    नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट र अनुमान तथा किम्वदन्तीहरुले भरिउको छ । किरात कालमा नेपालमा कुन संवत प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छौन । लिच्छवी शासनको प्रारम्भसंगै नेपालमा निम्न संवतलाई प्रचलनमा ल्याइएको पाइएको छ । शक संवत भारतका शक वंशीय शासकहरुको नामबाट चलाइएको संवत हो जुन आज पनि भारतमा राष्ट्रिय संवतको रुपमा प्रचलनमा छ । नेपालमा यस संवतको प्रारम्भिक प्रयोग ५२७ वर्ष (ई.सं.६०५) सम्म कायम रह्यो । त्यस पछि महासामन्त अंशुवर्माले  राजा मानदेव द्धितीयको नाममा मानदेव संवत चलाए जुन २७६ वर्ष(ई.सं.८८९) सम्म प्रचलनमा रह्यो । त्यस पछि राजा राघवदेवको पालामा नेपाल संवत चलाई यो जुन ८८८ वर्ष (ई.सं. १७६९ ) सम्मअविछिन्न रुपमा प्रचलनमा रह्यो । नेपाल संवत ८८८ अर्थात ई.सं.१७६९मा नेपाल माथि विजय प्राप्त गरेपछि गोरखाका राजा पृथ्वी नारायण शाहले शक संवतलाई पुनः प्रचलनमा ल्याए जुन १३२(ई.सं.१९०१) सम्म कायम रह्यो । त्यस पछि राण प्रधानमन्त्री चन्द्र शमशेरले भारतीय उपमहाद्धीपका एक जना रजौटा बिक्रमादित्यको नाममा चलाइएको बिक्रम संवत प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ । नेपालमा विक्रम संवतले सरकारी मान्यता पाएको ११० वर्षमात्र भएको छ ।
नेपालमा भारतीय संवत प्रयोगको प्रसंग
       किरात शासन काmमा कुन संवत प्रयोगमा थियो भन्ने थाहा नभएको प्रसंगमा लिच्छवी शासकहरुले भारतमा प्रचलित शक संवतलाई नेपालमा प्रयोगमा ल्याउनुलाई अनौठो मान्नु पर्दैन । मानदेव संवतको प्रादुभार्वले तत्कालीन शासकहरु भारतीय साँस्कृतिक प्रभावबाट मुक्त हुन खोजेको पुष्टी हुन्छ । नेपाल संवत प्रादुभावको घटनाले नेपाली राष्ट्रवादले उच्चतम साँस्कृतिक विकास गरेको पुष्टी हुन्छ । पृथ्वीनारायण शाहले देशकै नामबाट प्रचलित नेपाल संवत परित्याग गरी शक संवतलाई पुनः प्रयोगमा ल्याउनुको कारण अलि बेग्लै छ । पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्ने भनेर कहिले पनि भनेनन् ।उनको मृत्यु पछि संकलित महावाणीहरुमा पनि नेपाललाई एकीकरण गर्ने आसय झल्कने कुनै करा कतै छैन । बाँचुन्जेल उनले आफ्नो जीवनको उद्देश्य नेपाललाई असदी हिन्दुस्तान बनाउने बताउँदै रहे । सोही अनुरुप उनले हिन्दुस्तानी शक संवतलाई नेपालमा पुनर्जीवित गरेको कुरा स्पष्ट हुन्छ । 
       त्यसै गरी चन्द्र शमशेरले विक्रम संवत प्रचलनमा ल्याउनुको पछाडि दुई वटा कारण रहेको देखिन्छ । भारतको एकजना रजौटाको नाममा स्थापित यो संवत प्रयोग गर्दा नेपाललाई असली हिन्दुस्तान बनाउने भावना राख्ने एउटा उद्देश्य पूरा हुन्थ्यो । चन्द्रमानक शक संवतको प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुन्छ र सोही अनुसार राष्ट्रसेवकहरुलाई तलब दिनु पर्थ्यो । सूर्यमानक विक्रम संवतको सबै वर्ष १२ महिनाको हुन्छ । सूयमानक संवत अपनाउँदा राष्ट्रसेवकहरुलाई प्रत्येक वर्षको १२ महिनाको तलब दिए पुग्ने भएकोले महाधुर्त चन्द्र शमशेर राणाले विक्रम संवत प्रयोगमा ल्याएको र त्यसबाट राज्यकोषमा बचत हुन आएको रकमबाट राणाहरुको आम्दानी बढाउने अर्को निहित उद्देश्य पनि पूरा गरेको स्पष्ट हुन्छ । क्रमशः...

Post a Comment

Previous Post Next Post