बालाच: ह्रे एक परिचय

बालाच: ह्रे:नेपाल संस्कृति तथा जात्र पर्वले सम्पन्न देश हो ! हरेक संस्कृति र जात्रा पर्व मानबको जन्म देखि मृत्यु सम्म नै प्रत्येक्ष्य वा अप्रत्येक्ष सम्बन्ध राखी रहेको हुन्छ ! यस्तै नेपालमा रहेको हिन्दु सम्प्रदाय ले कछला चतुर्दशीको दिन बालाच: ह्रे:पर्व मनाउने गर्दछ ! 

बालाच: ह्रे: सम्बन्धि किम्बदन्ती : बालानन्द नामको एक ब्यक्तिले दिपमा जलिरहेको लास को उछितिएको मासु खाएर हिंश्रक भएको कारणले मानिसहरुले उसलाई मारिदिन्छ ! तर बालानन्दले प्रेतको रुपमा टोलमा अशान्ती फैलाउन थालेपछि टोलका मानिसहरुले मार्ग कृष्ण चतुर्दशीको दिनमा श्लेषमान्तक बनमा सतबीज( सप्तब्रिही ) छरेर सो प्रेतात्मालाई मुक्त गरिदिए ! सोहि दिन देखि मार्ग कृष्ण चतुर्दशीलाइ बालाचतुर्दशीको नामले चिनिन थालियो र यसै दिन लाई अन्य ब्यक्तिहरुले पनि आफ्नो परिवारको मृतात्माको शान्तिको कामना गर्दै सतबिज छर्ने चलनले निरन्तरता पाउँदै गयो !

तर तीर्थलाल नघ:भनीले विभिन्न श्रोत लाइ आधार मानि खुलाएको किम्बदन्ती अनुसार मार्ग कृष्ण चतुर्दशीको दिन पशुपति महादेवलाइ मुकुट पहिर्याई , श्री विधा बाला त्रिपुरा सुन्दरीको पुजा गर्ने भएकोले उही बाला त्रिपुरदेवीको नामबाट बालाचतुर्दशी भनिएको हो त्यसैगरी यस दिनमा भगवान शिवले चल्लाको रुपमा श्लेषमान्तक बनमा चरिरहेको अवस्थामा ब्रह्मा,बिष्णु र इन्द्रले उहाँलाई चिनेर समात्नु भएको थियो , त्यसै अवसरमा भगवान शिवले यस दिन पाशुपत क्षेत्रमा सतबिज छरेर परिक्रमा गर्नाले एउटा धान बराबर सुन दान गरेको पुण्य पाउने बताउनु भएको भन्ने धार्मिक बिश्वास रहिआएको छ भनी खुलाउनु भएको छ !

नेवार सम्प्रदायले पनि यस दिन आफ्नो मृत परिवारजनको आत्माको चिरशान्तिको लागि पशुपतिको श्लेषमान्तक बनमा सतबिज छर्ने र परिक्रमा पश्चात आफुले लगेको खानेकुरा जुठो गर्ने ( चिपं थीगु ) चलन छ ! यस परमपरा नेवार समुदायले बालु वोनेगु / वा लू वोनेगु भन्ने गरिन्छ !(श्रोत:नेवा:, रेवती रमणानन्द श्रेष्ठ)-नेपालभाषा बाट खस नेपाली भाषा मा अनुवादित )
प्रकाशित मितिः २०७१ म‌सिर ५ गते

Post a Comment

Previous Post Next Post