सामाखुशि–टोखा सडक खण्डका वारेमा उठेको आन्दोलनले प्रष्ट पारेका वास्तविकता


काठमाण्डौ, मंसिर ४ ।कपिल देव थापा- हामी २१ औं शताव्दीमा अघि बढिरहेको पृथ्वीवासी विश्वको ईतिहास पल्टाएर हेर्ने हो भने संसारभरिका देशहरु चन्द्रलोकको यात्रावाट असन्तुष्ट भई मंगलग्रहको यात्रामा लामवद्ध भईसकेका छन् ति मुलुक २२ औं शताव्दीमा हुनसक्ने स्वर्णिम विकासको परिकल्पनामा मग्नमस्त छन् के ति देशमा विधिको शासन नभएको भए यस्ता कार्यहरु सफल हुने थिए ? अवश्य थिएन विगतमा भएका विश्वका अधिनायकवाद हुकुमी शासन आजका दिनमा पनि हुने हो भने यो सम्भव ? फराकिला चिल्ला सडक नभएका देशहरुमा सम्वृद्धि छैन ? यो कौल्तुहलताका विच मलाई याद आयो, नाईजेरिया, सोमालिया, युगाण्डा जस्ता आन्तरिक द्वन्दले ग्रसित मुलुकहरु कति सहज हुन्थ्योहोला हाम्रा शासकहरुलाई वाटो विस्तार गर्न त्यस्तो हुँदो हो हामी निरिह जनतालाई त्यसैगरी नस्तनामुद पारी वस्तीका वस्ती निर्जन वनाई जहाँ मनचाह्यो त्यहिं वाटो वनायो, खुल्ला मैदान वनायो, आन्दोलन, मुआव्जा, क्षतिपुर्ति  

यो देशका शासक प्रशासकहरुलाई आजका विस्तारित वस्तीहरु विकासको अवरोधको रुपमा रहेका छन् त्यसैले होला यहाँ दुईखाले नागरिकको हैसियतमा हामी नेपाली वाँच्न वाध्य भएका छौं पहिलो दर्जाको नागरिक जहिले पनि शासक प्रशासक ति शासक प्रशासकका चाकडीवाज जसलाई संकिर्ण भाषामा दलालशाही फासिवादी चाटुकार पनि भन्न सकिन्छ दोस्रो दर्जामा आमनागरिक जो आधा पेट खान पनि निक्कै संघर्ष गर्नुपर्ने वाध्यता , जसले एकचक्की सिटामोल समेत खान नपाएर मृत्यु अंगाल्न वाध्य छन् यसरी विश्व २२ औं शताव्दी तिर लम्कँदै गर्दा हामी भने १६औं÷१७ औं शदितिर फर्कन खोज्दैछौं दु्रतगतिले भएको यसखाले धु्रवीकरणको शिकार हामी सामाखुशि टोखा सडक खण्डका वासी भएका छौं ति चाकडीवाज दलालशाहीको प्रताडनावाट हाम्रो वस्ती सोमालिया, युगाण्डाको हालतमा पुर्याउने कसरत भईरहेको यथार्थ स्थिति हो भन्दा अतिशयोक्ति नहोला  

यहाँ बाहिर शालिन देखिने तर भित्र भित्र कुटिल चाल स्वभाव भएका ब्वाँसाहरुको जगजगीका कारण हाम्रो संवैधानिक हक, मानिसको बाँच्न पाउने न्युनतम आधारभुत हक समेतलाई यिनै ब्वाँसाहरुले आफ्नै विर्ता वा आफुले दिएको खैरात सम्झेर पटक पटक आफ्नो कव्जामा लिन खोज्दैछन् साँँच्चै भन्ने हो भने चुनाव अगाडि हाम्रा समस्याहरुलाई आफ्नै समस्या झैं वाटैमा सुत्नु परेमा पनि तयार रहने भद्र शालिन व्यक्ति जब जब आफ्नो अभिष्ट पुरा हुन्छ, आफु सत्तामा पुगिन्छ, त्यसपछि जमाल अब्देल नासिर (ईजिप्ट), अलेक्जेण्डर (युगोस्लाभिया), जोसेफ स्टालिन (पुर्व सोभियत संघ) आदि विश्वका विख्यात तानाशाहाहरु जस्तै आफुलाई शक्तिशाली आंकलन गर्दा रहेछन् तर यो हाम्रो देशमा केवल पाँच वर्ष त्यो घुम्ने कुर्सिमा वस्न पाईन्छ फेरि आवधिक निर्वाचनको बेला जनताकै घरदैलो चाहार्नुपर्छ भन्ने कुराको पनि केहि हदसम्म हेक्का राख्नुपर्ने हो सन् १९५३ मा स्टालिन पदच्युत भए, अलेक्जेण्डरको १९३१ मा नयाँ संविधानद्वारा सवै शक्ति खोसियो, जमाल अब्देल नासिर १९५४ देखि अधिनायक वनेर १९७० मा नमरुन्जेल अधिनायक नै रहे आखिर विश्वको ईतिहासले अधिनायकको दर्जा दिएकाहरु पनि केहि समय पछि सत्तावाट पलायन हुनुपर्दो रहेछ नि  

हाम्रो मतको लालमोहरलाई विकासे दलालहरुसंग धरौटी राखेर आफु सत्तामा सुरक्षित छु भन्नेहरु अब सावधान रहे हुन्छ यो सामाखुशि टोखा सडक खण्डका जनताको वीचवाट अव पर्दा उघ्रिसकेको अबका दिनहरुमा हामी हातमा दहि जमाएर वस्नेवाला छैनौं हामीले वुझेका छौं, हक मागेर पाईदैन, हक लिनलाई लड्न भिड्न नै पर्दछ अब हामी त्यसै गर्न पनि पछि पर्दैैनौं हाम्रा तथाकथित जनप्रतिनिधि तिमीहरु तिनै दलाल फासिवादी चाटुकारहरुकै रखैल (रखौटी) बनेर बस् हामी तिमीहरुकै माझ वाटै हाम्रा हक कसरी स्थापित वनाउँछौं, तिमीहरु हेरिबस मुकदर्शक बनेर अस्तु

यो पनि पढ्नुस् राजधानीका ६ सय घर भत्काउने भू–माफियाको योजना  

Post a Comment

Previous Post Next Post