टोखा नगरपालिका घोषित भएको छ । सरकारले थप ६१ नयाँ नगरपालिकाको घोषणा गरेको छ। यो सँगै नेपालमा
नगरपालिकाको संख्या १९१ पुगेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको विकास
समितिको बैठकले प्रस्तावित ६७ मध्ये ६१ वटा नगरपालिका घोषणा गरेको हो।
एक वर्षअघि ५८ नगरपालिका रहेको मुलुकमा थप ७२ नगरपालिका थपेको थियो।
समितिको बैठकले ६१ वटा नगरपालिकासँगै ७ वटा उपमहानगरपालिका विस्तार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्मा प्रस्तावित ६७ नगरपालिकामध्ये कलैया, बबइ, स्याङ्जाको
गल्याङ तनहुँको भिमाद् र भानु तथा ललितपुरको बज्रबाराहीलाई फेरि थप अध्ययन
गर्नुपर्ने भन्दै तत्काललाई रोकेको उपप्रधान तथा स्थानीय विकास मन्त्रीका
प्रेस सल्लाहकार युपी लामिछानेले बताए। यो सँगै काठमाडौं र भक्तपुर
गाविसरहित जिल्ला बनेका छन्।
प्रकाशित मितिस् मंगलबार, मंसिर १६, २०७१
Post a Comment