एमालेका कार्यकर्ताद्धारा निर्वाचन बहसमा हातपात , पोखरेल मौन


सुबिन्द्र श्रेष्ठ कर्तिक ११ गते सोमबार
आसन्न दोस्रो संविधानसभाको निर्वाचनलाई लक्षित गरी अन्नपुर्ण पोष्ट दैनिक पत्रिका हिमालयन टेलिभिजन र सगरमाथा रेडियोको संयुक्त आयोजनामा भई रहेको निर्वाचन बहस कार्यक्रममा एमालेका कार्यकर्ताले हातपात गरेका छन् ।

निर्वाचन बहस कार्यक्रम अन्तरगत आज काठमाडौं निर्वाचन क्षेत्र नं ५ का प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा (माओवादी)का महेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नरहरि आचार्य, नेकपा (एमाले)का ईश्वर पोखरेल तथा राप्रपा नेपालका राजाराम श्रेष्ठ उम्मेदवारहरुका बीचमा निर्वाचन बहस भएको थियो । आसान्न  संविधनसभा निर्वाचनमा जनताले तपाईलाई नै भोट किन दिने तपाईहरुको धारणा तथा प्रतिबद्धता के छ जस्ता विषयमा बहस कार्यक्रम केन्द्रित रहेको थियो । भने कार्यक्रमको निरधारीत कार्यसूची अनुसार सबै उम्मेदवारहरुले १0-१0 मिनेट आफ्ना कुराहरु राखेका थिए ।
अन्नपूर्ण पोस्टले विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारहरुलाई आमन्त्रित गरेर उनीहरुको क्षेत्रमा बहस कार्यक्रम आयोजना गर्दै आएको छ । काठमाडौंको क्षेत्र नम्बर ५ अघि पोष्टले क्षेत्र नम्बर ४ मा पनि त्यस्तै कार्यक्रम आयोजना गरेको थियो ।

उम्मेदवारहरुले आआफ्ना विचार राखि सकेपछि दर्शकहरुले आफुलाई लागेका कुरा सोध्ने क्रममा उपिस्थत एक स्वतन्त्र पत्रकाले ईश्वर पोखरेललाई पत्रपत्रिकामा आएका ट्याड्की काण्डको बारेमा जनतालाई स्पष्ट पार्न प्रश्न गरी रहन्दा एमालेका कार्यकर्ताहरु एकासि नाराबाजी गर्दै प्रश्न कर्ता माथी हातपात गरेका थिए । त्यहाँ पोखरेलको अनुहार भन्ने हेर्न लाएकको थिए । पोखरेलले आफ्ना कार्यकर्ताहरु लाई संयमित हुन्न एक शब्द समेत बोलेन । आफ्ना कार्तकर्ताको हुलले एकजना माथी हातपात गरिरहन्दा समेत एक शब्द नबोलि चुपचाप मौन रहि रहनुले त्यो ट्यादड्की काण्ड वास्तवित त होइन भन्ने शंका उब्जेको छ । 

पोखरेलमाथी लगाईएका यो आरोपको खण्डन गरी आमजनमानसमा यस आरोपलाई सफाया दिने निकै उपयुक्त अवसर थियो । तर पोखरेले त्यसो नगरी आक्रमनमा उत्रेका आफ्ना कार्यकर्तालाई संयमित हुन्न समेत नबोल्दा उँ यस अवसरबाट नराम्रोसँग चुकेको छ ।
यसरी जनताका हकहित र स्वतन्त्र अभिब्यक्तिका पक्षमा लड्डी रहेका भन्ने जिम्मेवार पार्टीका ब्यक्तिले एकजना ब्यक्तिको जिज्ञासालाई सुन्न तयार छैन्न भने कसरी तीनले लाखौ नेपाली जनताको जिज्ञासा र गुनासा सुन्नलान् ? तीनिहरुको कुरालाई संबोधन गर्ला ?
बहसका क्रममा स्थितिलाई नियाल्दै उम्मेदवारहरु
एमालेका कार्यकर्ताबाट कुताइ खाएका हाडी गाउँको गहना पोखरी निवासी रमेश घिमिरे एक स्वतन्त्र पत्रकार हुनुहुन्छ । घिमिरेले आफु माथी भएको हातपात पछि के लोकतन्त्र हो? जहाँ आफ्नो मनमा लागेका कुरा सोध्न नपाईने यो कस्तो लोकतन्त्र हो?  खोइ कहाँ छ नागरिको सुरक्षा अनि कहाँ छ सुचना पाउने अधिकार? भनि भन्नु भयो ।
यता स्थितिले उग्ररुप लिए पछि स्थितिलाई नियन्त्रण गर्न आयोजकहरुलाई हम्मे हम्मे परेको थियो भने बहस विना निष्कर्ष विहिन भएको थियो । यो बहस कार्यक्रम भोलि बेलुका ४ बजे हिमालयन टेलिभिजन र रेडियो सगरमाथामा प्रसारण हुदैछ ।
हेरौँ भोलिको अन्नपूर्ण पोष्टमा यसको बारेमा कस्तो लेख आउलान् र कार्यक्रममा यी दृश्यलाई समाबेश गर्लान कि नगर्लान त्यो भने हेर्न बाँकी नै छ ।

Post a Comment

Previous Post Next Post