नेपाली कङ्ग्रेसका नेता नरहरि आचार्यको गाडीमा आगजनी

कार्तिक ११ सोमबार, नेपाली कङ्ग्रेसका नेता नरहरी आचार्यको चुनाव प्रचारको गाडीमा नेकपा-माओवादीले आगो लगाएका छन्। 

धापासीस्थित कृष्ण मन्दिरसँगै सडकमा गाडी पार्किङ गरी घरदैलोमा हिडेका आचार्यको गाडीमा मोटरसाइकलमा आएका व्यक्तिले बिहान करिब साढें ९ बजेतिर पेट्रोल छर्केर आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा आगजनी गरी भागेका हुन्। 

आगजनीबाट इन्जिन र गाडीको अगाडिको भागमा क्षति पुगेको छ । आगजनी गर्ने व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरीले जनाउको छ ।

Post a Comment

Previous Post Next Post