श्री लघु उद्यम महिला समाजद्वारा असोज १७ गते प्रदेश स्तरीय ‘क्याच एन सर्भ बल’ आयोजना हुँदै
टोखा टाइम्स, काठमाडौँ। महिला सशक्तिकरण, स्वास्थ्य तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौँको टोखामा प्रथम प्रदेश स्तरीय 'क्याच एन सर्भ बल' (Catch'n Serve Ball) प्रतियोगिता सञ्चालन हुने भएको छ।
"महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार" भन्ने मूल नारालाई आत्मसाथ गर्दै श्री लघु उद्यम महिला समाज, टोखा न.पा. वडा नं. २ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगितालाई टोखा नगरपालिका २ नं. वडा कार्यालय (चण्डेश्वरी, काठमाडौँ) ले विशेष सहयोग गरेको छ।
आयोजकका अनुसार आगामी २०८३ असोज १७ गते शनिबारका दिन टोखास्थित न्हुज पुस्तकालय परिसरमा प्रतियोगिता सञ्चालन हुनेछ। बिहान ०६:०० बजेदेखि सुरु हुने यस खेलकुद प्रतियोगितामा प्रदेश स्तरीय विभिन्न महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
स्थानीय स्तरमा महिला उद्यमशीलतासँगै खेलकुदका माध्यमबाट महिलाहरूलाई संगठित र गतिशील बनाउन यो प्रतियोगिता कोशेढुङ्गा साबित हुने आयोजकको विश्वास छ। कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न टोखा नगरपालिका वडा नं. २ कार्यालयले स्थानीय बासिन्दा तथा खेलप्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन हार्दिक अपिल गरेको छ।

Post a Comment