बाढी पीडितको सहयोगार्थ काठमाडौँमा 'रन फर रिलिफ २०२६' आयोजना हुँदै

 टोखा, काठमाडौँ — PRIMEX र FitMaxim को संयुक्त आयोजनामा आगामी असोज १७ गते (अक्टोबर ३, २०२६) शनिबार 'रन फर रिलिफ' (Run For Relief) सामुदायिक दौड प्रतियोगिता आयोजना हुने भएको छ। सामाजिक उत्तरदायित्व र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।


टोखास्थित फिटम्याक्सिम नेपाल (Fitmaxim Nepal) को प्राङ्गणबाट बिहान ५:३० बजे सुरु हुने यस दौडमा सहभागीहरूले १२ किलोमिटरको दूरी तय गर्नेछन्।

"Run, Move, Give Back" भन्ने मुख्य नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रमको मुख्य आकर्षण बाढी पीडितहरूका लागि राहत कोष सङ्कलन (Flood Relief Donation Campaign) गर्नु रहेको छ।

आयोजकका अनुसार कार्यक्रममा दौडका अलावा निम्न आकर्षणहरू रहनेछन्:
• राहत अभियान तथा भेटघाट: बाढी पीडितका लागि सहयोग सङ्कलन र फिटनेस प्रेमीहरूबीच अन्तरक्रिया।
• फन इभेन्ट्स तथा पुरस्कार: सहभागीहरूका लागि मनोरञ्नात्मक खेलकुद र विभिन्न उपहारहरू।
• फिटनेस स्टलहरू: स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित विभिन्न प्रदर्शनी तथा स्टलहरू।
• अल्पाहार तथा हाइड्रेशन: सहभागीहरूका लागि रिफ्रेसमेन्ट र पिउने पानीको पूर्ण व्यवस्था।

आयोजकले "बलियो समुदाय, उज्ज्वल भोलि" (Stronger Community, Brighter Tomorrow) को अवधारणालाई आत्मसाथ गर्दै सबैलाई यस परोपकारी दौडमा सहभागी हुन आह्वान गरेको छ। कार्यक्रममा दर्ता हुनका लागि आधिकारिक पोस्टरमा दिइएको QR कोड स्क्यान गर्न सकिनेछ।


Post a Comment

Previous Post Next Post