जेष्ठ नागरिक, एकल महिला र भिन्नरुपले सक्षम मानव सम्मान तथा न्यानो कपडा वितरण


 

काठमाडौँ । जेष्ठ नागरिक, एकल महिला र भिन्नरुपले सक्षम मानवहरुको आदर र सम्मान गरौं , समाज उत्थानमा उहाँहरुको योगदानबाट उत्प्रेरित होऔं। भन्ने मुलनाराका साथ आज टोखा नगरपालिका वडा नं २ मा जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानवलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

टोखा नगरपालिका वडा नं २ को आयोजना तथा टोखा नगरपालिकाको विशेष सहयोगमा सम्पन्न भएको न्यानो कपडा वितरण कार्यक्रमको सभापतित्व टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशीले गर्नु भएको थियो ।

 जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानवहरुको सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि टोखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

टोखा नगरपालिका वडा नं २ को कार्यालयमा भएको कार्यक्रममा ३२८ जना जेष्ठ नागरिक, एकल महिला र
भिन्न रुपले सक्षम मानवहरुलाई कोरिएन फाइबरको सिरक वितरण गरिएको हो ।

टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक राज जोशीले जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानवमा अनुहारमा खुशी ल्याउन स्थानीय सरकार आएपछि वर्षै पिच्छे टोखा वडा नं. २ ले जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको बताउदै पूर्ण अशक्त र अपांगहरुको हकमा घर दैलो कार्यक्रम समेत हुने जानकारी दिनुभयो ।वडा नं. २ का अध्यक्ष दिपक राज जोशीले यस कार्यक्रमले पछिल्ला पिढीले पनि जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानव सम्मान गर्नूपर्छ भन्ने सन्देश दिनका लागि पनि आफुले यस्ता कार्यक्रमलाई बाँकी कार्यकालमा पनि निरन्तरता दिने बताउनुभयो ।

Post a Comment

Previous Post Next Post