बिहीबारदेखि काठमाडौंका खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने

टोखा टाइम्स्, काठमाडौँ, १३, वैशाख । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा सबै बन्द हुने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेश अनुसार सो अवधिमा खाद्यान्न सामाग्रीहरुका पसल/व्यवसाय बिहान १० बजेसम्म मात्रै खुल्ला गर्न पाइने छ । यस्तै बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न सामग्रीका पसलहरु खुला हुनेछन् ।

आदेश अनुसार खाद्यान्न सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धित पसल व्यवसाय बाहेकका अन्य पसललाई बन्द हुनेछन् ।

यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र खुला गर्न भनिएको छ । डिपार्टमेन्टका ग्रोसरी कक्ष बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

आदेश अनुसार अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न पनि भनिएको छ । अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।



from समाचार – News Of Tokha https://ift.tt/2R3H7jN
www.newsoftokha.com

Post a Comment

Previous Post Next Post