काठमाडौं । सम्पदा अभियन्ताहरूलाई तत्काल निशर्त स-सम्मान रिहाइको माग गर्दै आज टाेखामा टाेखा मु:ध्वाखा अगाडि उभिएर सम्पदा अभियन्ताहरुले प्रदर्शन गरेका छन्।
बालाजु बाइपासमा सर्वोच्चको स्टे अर्डर हुँदाहुँदै सोको अवहेलना गरी बाटो साँघुरो भएको निहुँमा जबर्जस्ती तीन दर्जनभन्दा बढी घर भत्काई खाली गरी सो ठाउँमा महानगरपालिकाले विभिन्न संरचना निर्माण गर्ने क्रममा आफ्नो जग्गामा बनाउनै दिन्नौं भनी गैर न्यायिक सडक बिस्तार बिरुद्दका अभियन्ता सुमन सायमी , महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, मीन शाही, निरन्जन श्रेष्ठ, संजय तामाङलाइ महानगरीय प्रहरी वृत्त, बालाजुले गिरफ्तारी विरुद्ध बृहत नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबु:को संयुक्त आयोजनामा फागुन १४ गते काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको थियोे। पुरा समाचार हेर्नुहोस्
إرسال تعليق