पञ्जरां र छोकंचा भ्वय्


भाद्र २३ काठमाडौं,  गुँलागा द्वादशी तिथिलाई पञ्जरां नखःको रुपमा मनाइन्छ । टोखाको थनेलाछिमा रहेको नारायण तथा महादेवको मन्दिर परिसरमा विशेष पूजाका साथ गाईलाई पञ्चदान गरी पञ्जरां मनाइने गरिन्छ । यसरी पूजा गर्नु पूर्व नारायण मन्दिरको मूल ढोका र अगाडि रातो माटोले लिपिन्छ ।सपन विनायक द्यः खलक जसको पालो परेको हो उनिहरुले आचायजुको विशेष पूजा र निर्देशनमा गाईलाई पूजा गरेर छोकं (उसिनिएको गहुँ) मुसि (पकाएको), लैसु (सुकाएको मुलाको चना), पालु (अदुवा), वाम्चाः(हरियो साग), सलां (करकलाको अचार), पीठोका साथै फलफुलहरु मिसाएर गाईलाई खुवाईन्छ । यसलाई गौःदान पनि भन्ने गरिन्छ । त्यस्तै गरी उक्त पूजामा सहभागि भएका र हेर्न आएकाहरुलाई प्रसादको रुपमा दिइन्छ ।


समस्त प्राणिहरुको सुस्वास्थ्यको कामना गर्दै यसरी पूजा गरी गाईलाई अन्न खुवाएर पञ्जरां मनाइने आचायजु नातिराम कर्माचार्य भन्छन् । पञ्जरांका दिन यसरी पूजा गरी मनाइन्छ भनेर प्राय कमै टोखावासिहरुलाई मात्र थाहा छ । यस पर्वको बारेमा विगतका दिनहरुमा कसरी मनाइन्छ भन्ने प्रश्नमा आचायजु नातीराम विगतलाई सम्झन्दै भन्छन् - "उबेला यो पर्वलाई निकै नै धुम्धामसँग मनाउने गर्थ्यो । नारायण मन्दिरको अगाडि बसेर सपनविनाय द्य खल र आचायजुले पूजा गर्ने र जुगिहरुले महादेव मन्दिर अगाडि बसेर म्वालि बाजा बजाउने गर्थ्यो । गाईलाई खुवाएको खाद्य खान नसकेसम्म म्वालि बाजा बजाउने गरिन्थ्यो तर हाल आइएर उक्त म्वाली बाजाको लोप भए सँगै बाजाको पनि बज्न छोडिसकेको छ ।"



आचायजुका अनुसार यस पर्व प्रतिको जनचासो कम हुँदै गएको छ ।  गुँला पर्व भित्र पर्ने यो पर्व गुणलाई सम्झने पर्वले टोखाको संस्कृतिमा ठूलो महत्व बोकेको छ । यस बारेमा सबैलाई जानकारी दिनु पर्ने आवश्यक भएको छ । पहिलेका दिनहरुमा जसरी धुम्धानसँग मनाइने गरिन्छ त्यसरी नै यस पर्वलाई मनाउनु सकेमा मात्र यो पर्वको अस्थित्व रहिरहनेछ ।


छोकंचा भ्वय्
पञ्जरांका दिन सपनविनायक द्यः खलहरुले छोकंचा भ्वय् खाने चलन रहेको छ । यस भ्वयको बारेमा द्यः खलहरुलाई बाहेक अरुलाई खासै थाहा छैन । सपन विनायक द्यः पूजारी देवराज डंगोलका अनुसार छोकंचा भ्वय्लाई विश्वमै कहि नभएको भ्वय्(भोज) को रुपमा लिने गरिएको छ । यो भ्वय्मा छोकं (उसिनिएको गहुँ) मुसि (हरियो पकाएको भतमास), लैसु (सुकाएको मुलाको चाना), पालु (अदुवा), वाम्चाः(हरियो साग), सलां (कर्कलाको अचार) खाने गरिन्छ ।

यो भ्वय् हाल पालो परेको र नयाँ पालो लिने द्यः खलःको परिवारहरुले मात्र खाने द्यः खलः तथा नयाँ पालो पाएका श्यामलाल डंगोल बताउँ छन् । यसै दिनदेखि सपन बिनायकलाई नयाँ पालो हस्तान्तर गरिन्छ । आलोपालो गर्दै सपन बिनायकको हेरचाहा गरिदै आइरहेको छ ।

छोकंचा भ्वय् सकिए पछि मूः भ्वय् खाने चलन पनि रहेको छ । यसरी मूः भ्वय् खान सकिए पछि हाल पालो परेको खलःले अब नयाँ पालो थाप्ने खलःलाई पाय् ब्वः हस्तान्तरण गरिन्छ र यो भ्वय् सकिन्छ ।




Post a Comment

Previous Post Next Post