"अबको कदम, टोखामा पर्यटन" नाराका साथ विश्व पर्यटन दिवस मनाइयो


असोज ११, काठमाडौँ  "अबको कदम, टोखामा पर्यटन" भन्ने मूल नाराका साथ पहिलो चोटि टोखामा विश्व पर्यटन दिवस मनाइएको छ ।

टोखा पर्यटन प्रवर्द्व तथा सम्वर्द्धन संस्थाको आयोजनामा विश्व पर्यटन दिवस २०१८ को अवसर पारि आज विहान सरस्वती चौरबाट प्रभातफेरी र्‍याली गरी टोखा नगर परिक्रममा पश्यचा उक्त र्‍याली क्वने लाछीमा पुगि सभामा परिन्त भएको थियो । टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यमा भएको उक्त प्रभातफेरीमा टोखा नगरपालिका वडा नं २ र ३ का वडाध्यक्ष द्वय दीपकराज जोशी र सिंहराज श्रेष्ठ टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल पर्यटन विद् डेकेन्द्र मास्के लगायत स्थानीय विद्यालयका विद्यार्थी, राजनैतीक दल, महिला समुह तथा विभिन्न संघसंस्थाको सहभागित रहेको थियो ।


सांस्कृतिक संरक्षित क्षेत्र टोखालाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यका साथ स्थापना भएको टोखा पर्यटन प्रवर्द्व तथा सम्वर्द्धन संस्थाले टोखाबासीहरुलाई पर्यटन सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मदन लाल श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया डंगोलले धार्मिक तथा ऐतिहासिक सम्पदाले धनी रहेको टोखा नगरको कला संस्कृति टोखामा मात्र सिति रहेको भन्दै आब यसलाई अन्तराष्ट्रय जगतमा समेत प्रचार प्रसार गर्ने तर्फ सिंगो टोखा एक जुट भएर अगाडी बढ्न आग्रह गरे । टोखा नगरपालिकाले सिंगो टोखा नगरपालिकालाई पर्यटनमैत्री बनाउने नीति योजना तयार गरिरहेको जानकारी गराउदै आफ्नो स्थानमा पर्यटक भित्र्याउन स्थानीय निकाय र सरकारको मात्र मुख नटाकी स्थानीय स्तरबाट नै पर्यटक भित्र्याउने नीति नियम बनाएर अगाडी बढ्नु पर्ने कुरामा जोड् दिएका थिए ।


विश्व पर्यटन विश्वस २०१७ को अवसरमा टोखामा पहिलो पटक पर्यटन व्यवसायलाई संस्थागत गर्न लागेकोमा टोखा नरपालिकाका अध्यक्ष दीपकराज जोशीले खुशी ब्यक्त गरेका थिए । पर्यटन व्यवसायको दृष्टिले अथाह सम्भावना बोकेको भन्दै अब टोखालाई पर्यटन व्यवसायतर्फ जोड्दै टोखाका यूवावर्गलाई रोजगारीको सृजना गर्ने तर्फ अगाडी बढ्न आग्रह गर्दै त्यसका लागि आवश्यक सहकार्य गर्दै आगाडि बढ्न आफु तत्पर रहेको जोशीले बताए ।

सांस्कृतिक संरक्षित क्षेत्र टोखालाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यका साथ स्थापना भएको टोखा पर्यटन प्रवर्द्व तथा सम्वर्द्धन संस्थाले टोखाबासीहरुलाई पर्यटन सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मदन लाल श्रेष्ठले बताउनु भयो ।


टोखा पर्यटन प्रवर्द्व तथा सम्वर्द्धन संस्थाको बारेमा श्रेष्ठ भन्नुहुन्छ- "स्थानीय रुपमा उपलब्ध रहेको जिवन्त कला संस्कृति जल जमिन जंगल भौगोलिक संरचना प्रकृति प्रति आफ्नो रुची प्रकट गर्ने स्थानीय युवा जमातबाट नै यस क्षेत्रमा केही पहलकदमी कार्य थालौँ भन्ने सोचको विकास गर्नेसबैमा आफ्ना कला संस्कृति प्रति गौरवान्वित गरी पर्यटन प्रवर्द्धनमा सबैमा सम जिम्मेवारी बोध गराइ सबै मत भिन्नता र वैमनस्यता हटाइ टोखाको पर्यटन संरक्षण र प्रवर्द्धन गरी आय आर्जन प्रमुख श्रोत बनाउनु लगायतका विभिन्न महत्वपूर्ण उद्धश्यहशहरु संस्थाको रहेको छ ।"


कार्यक्रम टोखामा पर्यटन व्यवसायको सम्भावनाको बारेमा विभिन्न विज्ञहरुले आफ्ना विचारहरु प्रस्तुत समेत गरेका थिए ।

आजको कार्यक्रममा रुपमा नेवाः ग्वली पुच, नेवाः हलि गुथी, तोखा, नेपालभाषा क्लवटोखा यूवा क्लव सहयोगिको भुमिका निर्वाह गरेका थिए भने ज्वोती विकास बैंक र सिटिजन बैंक टोखा शाखालले सहभागिता जनाएका थिए ।



Post a Comment

Previous Post Next Post