असोज १३, काठमाडौँ । मिर्मिरे वचत तथा ऋण सहकारी संस्था लि. टोखाको
आज आफ्नो १२ औं वाषिर्क साधारण सभा सम्पन्न गरेको छ ।
नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालको
प्रमुख आतिथ्यता रहेको वाषिर्क साधारण सभामा कानुन समाजका सदस्य अधिवक्ता अनिता जधारी
ख्वप कलेजका प्राचार्य सुजन माकखु, शेयर सदस्यहरु एवं सहकारीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति
रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद प्रेम सुवालले देशको
समसामयिक राजनैतिक गतिविधिको बारेमा जानकारी गराउदै अफूसंग रहेको जग्गालाई बचाई राख्न
आग्रह गरेका थिए । त्यस्तै गरी भाद्र १ गतेदेखि लागु हुने गरी नेपाल सरकारले जारी गरेको
देवानी कानुनमा रहेका अन्तर वस्तुको विषयमा कानुन समाजका सदस्य अधिवक्ता अनिता जधारीले
प्रस्तुत गरेको थियो । त्यस्तै गरी समाजवादको र विश्व र नेपालमा भैरहेको राजनैति क्रियाकलामा
केन्द्रित रहेर ख्वप कलेजका प्राचार्य सुजन माकले जानकारी गराएको थियो ।
मिर्मिरे सरकारी केवल आर्थिक गतिविधिमा मात्र सिमित
नरहि सामाजिक व्यवहारिक गतिविधिमा समेत चासो र सचेत रहेको संस्था भएकोले देशमा भएका
बैद्दिक ब्यक्तिहरुलाई आमन्त्रित गरेर सचेतना जगाउने हेतुले आज कानुन व्यवसायी तथा
प्रचार्यहरुको भोगाई र बिचारलाई कार्यक्रममा स्थान दिएको निवर्तमान तथा नवनियुक्त अध्यक्ष
डंगोलले बताए । उनको विचारमा हरेक संघसंस्थाले बौद्दिकहरुको बिचार तथा देशको पछिलो
गतिविधि सुन्न र थाहा पाउन यस्तो कार्यक्रम गर्नु पर्छ ।
कार्यक्रमको सभापति तथा अध्यक्ष डंगोलले टोखामा सहकारीको
सुरुवाट हुनु पूर्व र सहकारीको सूरुवाट पछिको अवस्थालाई तुलना गर्दै भने - "विक्रम सम्वत २०१३ सालमा नेपालमा सहकारी
स्थापना भएको इतिहास छ तर काठमाडौँको राजधानीको मुटुको टोखामा हामीले २०६४ सालमा अर्थाल
शताब्दिको छौँठो दशकमा सहकारी स्थापना गर्न सफल भयौँ । यदि यो संस्थाको स्थापना दूर्इ
दशक अगाडी मात्र स्थापना गर्न सकेको भए मलाई लाग्छ टोखाको धेरै बासिन्दाहरुको भूमी
अर्थात जग्गा संचित हुने थियो । धेरैले थोरै रकमको आवश्यकतामा पनि ठूलो धनरिश पर्ने
जग्गा कौडीको मोलमा बेच्नु पर्ने अवस्था त्यतिखेर थियो । जव संस्थाको स्थापना भयो आर्थिक
गतिविधिमा सहभागी हुनेहरु लाभान्वित भएको हाम्रो संस्थाको ११ वर्षोर् इतिहास छ ।"
"समुदायमा आधारित संस्था समुदायसंगै जनस्तरमा
आर्थिक सामाजिक गतिविधिमा सन्देश प्रवाह गर्ने प्रयत्न सहकारीको रहेको र यसलाई निरन्तरता
दिई अगाडी बढ्न स्थापना कालदेखि सहकर्मी सदस्य साथीहरुले आआफ्नो ठाउँबाट गर्नु भएको
योगदान अतुलनिय रहेको छ । सहकारी संस्थाको मूल्य मान्यता र सिद्दन्त र विनियममा रहेर
संचालन गरिन्छ । संस्थालाई नियमपूर्वक पूर्णता दिन हामी सबैले धेरै ज्ञान सिप हासिल
गर्नु आवश्यक छ । समय सापेक्षाता अनुसार संस्था रुपान्तर गर्न हाम्रो बौद्धिकतालाई
तिखो पारी अगाडी बढ्नु पर्नेछ" डंगोलले मन्तव्यका व्यक्त
गरेको थियो ।
कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष राजवीर
डंगोले प्रस्तुत गरिएको थियो । त्यस्तै सञ्चलक समितिको तर्फाट संस्थाका सचिव सानुबाबु
श्रेष्ठ र कोषाध्यक्ष रबिन्द्र डंगोलले आ.व २०७४र०७५ को आर्थिक प्रतिवेदन पस्तुत गरिएको थियो ।
यस मिर्मिरे सहकारीले ठुलो उपलब्धिका रुपमा हाल टोखा
नगरपालिका २ को पुखुशीमा पाँच आना तीन पैसा जग्गा किनेर भवन निर्माण गरेको छ । संस्थाको
कार्य समितिका उपाध्यक्ष कृष्णमान श्रेष्ठको संयोजकत्वमा ७ सदसीय सहकारी भवन निर्माण
उपभोक्ता समिति बनाई निर्माण कार्य थालेको थियो । नेमकिपाका केन्द्रीय सचिव तथा सांसद
प्रेम सुवालले २०७४ फागुन २८ गते शिलान्यास गरेको भवन अहिले चार तललाको भावन निर्माण
कार्य सम्पन्न भैसकेको छ ।
उक्त भवनमा सहकारीको कार्यालयका साथै सभाहल आधुनिक
सुपर मार्ट, स्वास्थ्य क्लिनिक तथा जनताको आवश्यता
अनुरुपका सेवाहरु रहने अध्यक्ष डंगोलले जानकारी गरायो । यो भवन निर्माणपश्चात यो नै
टोखाको पहिलो आफ्नै भवन भएको सहकारी संस्था हुनेछ ।
त्यस्तै गरी संस्थाको बाषिर्क साधारण सभामा गएको एस.इ.इ परीक्षामा उत्तिर्ण
संस्थाका शेयरधनिका छोरा छोरीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम बि.एल भ्वोय् छेँको हलमा भएको थियो ।
Post a Comment