राजधानीका ६ सय घर भत्काउने भू–माफियाको योजना

काठमाडौं-आफ्नो व्यापार व्यवसाय बढाउनकै लागि मान्छेले कस्तो सम्म हर्कत गर्छ भन्ने उदाहरण काठमाडौंको धापासीमा देखिएको छ । राजधानीको उत्तरीभेगमा पर्ने धापासी–टोखा र गोङ्गबुको सिमानामा अवस्थित ग्राण्ड टावर अर्पाटमेन्ट र मुलुककै सवैभन्दा ठूलो भनिएको ग्राण्डी अस्पतालले आफ्नो सुविधाका लागि झण्डै ६ सय घर भत्काएर बाटो विस्तार गर्ने प्रयास थालेको छ । विशुद्ध व्यापारी परियोजनकालागि ६ सय घर धुरी मास्नकालागि अर्पाटमेन्ट व्यवसायी र अस्पताल व्यवसायीलाई काठमाडौं उपत्यका नगरविकास प्राधिकरणले सघाएको छ ।
रिङ्गरोड सामाखुसी चोकबाट प्राचीन नेवारीवस्ती टोखागेटसम्म २२ मिटर फराकिलो बाटो निर्माण गर्नेभन्दै प्राधिकरणले सर्वसाधारणको घरमा चिन्ह लगाएको छ । तर स्थानिय वासिन्दाहरू भने प्राधिकरणका पदाधिकारीले अस्पताल र अर्पाटमेन्ट व्यवसायीहरूसँग नाजायज साँठगाँठ गरी बाटो विस्तार गर्न लागेको बताउछन् । स्थानियका अनुसार उक्त बाटो २२ मिटर कायम हुनुपर्छ भनि कहिकतै उल्लेख गरिएको छैन । सडक ऐन २०३१ को मापदण्डमा पनि उक्त बाटो नपर्ने र नगरविकासले बनाएको बाटो विस्तारको योजना अन्तर्गत पनि उक्त बाटो नपर्ने भएकाले व्यवसायीहरूस“ग अनुचित लाभ लिएर बाटो विस्तार गर्ने प्रयत्न गरिएको उनीहरूको दावी छ । चिन्ह लगाएको अनुसार बाटो विस्तार हुने हो भने सामखुसी चोकबाट टोखा गेटसम्मका ६ सय भन्दा बढी घर भत्किने छ । तीमध्ये ३५० भन्दा बढी घरहरू पूर्णरुपमा नष्ट हुनेछन् । यी घरहरू नष्ट हुदाँ हजारौं व्यक्तिहरू घरबहार विहिन बन्नेछन् । रातारात व्यवसायीहरूको फाइदाको लागि सडक विस्तारका नाममा सुकुम्बासी बन्नुपर्ने अवस्था सृजना भएपछि उनीहरू यतिबेला आक्रोसित छन् । सरकारी संयन्त्रकै दुरुपयोग गरेर आफूहरूलाई घरबाहर विहिन बनाउन लागिएपछि उनीहरू यतिबेला निराश देखिन्छन् ।
पिडितहरू संगठित भएरनै संघर्षको तयारी गर्दैछन् । आफूहरू विकासविरोधी नभएको भन्दै गलत नियत र उद्देश्यले बाटो विस्तारको चिन्ह लगाइएकाले प्रतिकारकालागि संगठित हुनुको विल्कप नभएको उनीहरूको ठम्याइछ । प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापितसँग भेटेर पनि स्थानीय जनताले आफ्नो गुनासो पोखे । बाटो विस्तार गर्न आवश्यक भएकाले चिन्ह लगाइएको जवाफ दिएका स्थापितले त्यसपछिका दिनहरूमा भने कुरा फेर्दै आएका छन् । स्थलगत निरिक्षणमा समेत आएका स्थापितले बाटोविस्तारको चिन्ह लगाइएको कुरा आफुलाई थाहा नभएको बताएका थिए । सोही क्रममा उनले स्थानिय जनतालाई एउटा निवेदन दिन भन्दै लगाइएको चिन्ह बदर हुने बताए । तर, स्थापितको कुराबाट स्थानिय जनता आश्वस्त छैनन् । स्थापित स्वंयम ग्राण्ड टावर र ग्राण्ड अस्पतालको संचालकहरूसँग मिलेको उनीहरूको आशंक छ । प्राधिकरणका काठमाडौं प्रमुख डा.भाईकाजी तिवारीको नियत र गतिविधिप्रति स्थानिय जनतालाई बढी शंका छ । ग्राण्ड टावर र ग्राण्डी अस्पतालको व्यवस्थापनसँग विनाज हाउजिङ्गबाट एउटा घर र नगद लिएर तिवारीले बाटो विस्तारको चिन्ह लगाएको आरोप छ । स्थानिय जनताले प्राधिकरण प्रमुख स्थापितलाई विकल्पकाबारेमा सुझावसमेत दिए । सयौं जनताको अरबौं सम्पत्ति नोक्सान गरेर निजी व्यवसायीलाई फाइदा पु¥याउनु भन्दा केही सय मिटर पर रहेको बिष्णुमति खोलाको किनारबाट आवश्यकता अनुसार बाटो विस्तार गर्न सकिने सुझाव दिइएको छ । विष्णुमति करिडोरको नाममा उपत्यकामा अन्यत्र पनि बाटो विस्तार भएको उदाहरण दिदै धापासी क्षेत्रमा पनि सोही प्रकारको बाटो बनाउन सकिने विकल्प सुझाइएको हो । तर प्राधिकरण स्थानियको मर्का बुझेर विकल्प मान्ने पक्षमा छैन् ।
बाटो विस्तारका लागि प्राधिकरणले स्थानिय जनतास“ग छलफल र परमार्श नै नगरी एकतर्फी चिन्ह लगाउने काम गरेको हो । राजनीतिक संक्रमणको अवस्थालाई उपयोग गरेर व्यापारी र भु–माफियाको स्वार्थमा प्राधिकरणका प्रयोग भएको देखिन्छ । राज्यले जनताको जमिन दिनकालागि अपनाउनु पर्ने कुनै पनि प्रक्रिया अपनाएको देखिदैन । मुआब्जा वितरण देखि विकल्पसम्मका विषयमा छलफल गरिएको छैन । रातारात बलजफति ढंगबाट बाटो विस्तार गर्न खोज्नुको पछाडी निकै ठूलो रकमको चलखेल भएको देखिन्छ । बाटो सानो भएकै कारण अपार्टमेन्ट र अस्पताललाई असजिलो हुदै आएको छ । तर स्थानिय जनताभने कसैको व्यापार व्यवसायलाई सजिलो बनाउनकै लागि आफूले दुःखजिलो गरेर किनेको जमिन दिन राजी छैनन् । अस्पताल र अर्पाटमेन्ट बनाउनुभन्दा अगाडी त्यसक्षेत्रको बाटो कति फिटको थियो भन्ने जानकारी व्यवसायीहरूलाई नभएको होइन । तर, शक्ति र पैसाको आडमा जर्बजस्ती बाटो विस्तार गर्न खोजीए पछि त्यस क्षेत्रमा तनाव बढेको छ । पिडितहरू अदालतदेखि अख्तियार र नेताहरूको घरदैलोसम्म न्याय माग्दै पुगेका छन् । उनीहरूले कांग्रेस सभापति सुशील कोइराला, नेता नरहरी आचार्यलगायतसँग भेटेर आफूहरूलाई परेको मर्काकोबारे छलफल गरेका छन् । अदालतबाट न्याय पाउने आशामा पिडितहरू सर्वोच्चको ढोकासम्म पुगेका छन् । सर्वोच्चले बाटो विस्तारको काम तत्काल कार्यान्वयन नगर्नुभनि निषेधाज्ञ जारिगरेपछि पिडितहरूलाई केही राहात मिलेको छ । कुनै आधार र प्रमाणविना व्यवसायीहरूको स्वार्थकै कारण बाटोविस्तारको योजना अघि सारिएकाले अदालतबाटै न्याय पाइने कुरामा घरधनीहरू आशावादी देखिएकाछन् ।
अधिकारप्राप्त अधिकारी व्यवसायीको प्रलोभनमा परि जनविरोधी कार्यमा सामेल भएकाले पिडितहरूले अख्तियारको ढोका पनि चाहरेका छन् । सहरी विकास प्राधिकरणदेखि स्थानीय निकायसम्मको मिलेमतोमा यो काम अगाडी बढेकाले यसको उचित छानविन र आवश्यक कारवाहीको निम्ति पिडितहरू अख्तियार पुगेका हुन् । अख्तियारले गर्ने संघन अनुसन्धान र कारवाहीले आफूहरूलाई न्याय दिने उनीहरूको विश्वास छ ।
 
कसका कारणले बाटो विस्तार ?

थाईल्याण्डको समितिवेज अस्पतालको सम्बन्ध प्राप्त अतिसुविधा सम्पन्न अस्पताल धापासीमा सञ्चालनमा आएको छ । नेपालको व्यापारीकघरना ज्योति समूहको मुख्य लगानीमा खुलेको उक्त अस्पतालका लागि त्यस क्षेत्रको बाटो साँघुरो महसुस गरिएको छ । अरबौंको लगानीमा खुलेको उक्त अस्पताल पूर्णरुपमा सञ्चालनमा आउदै बाटो साँघुरो भएपछि सरकारी संयन्त्रलाईसमेत प्रभावमा पारेर बाटो विस्तारको योजना बन्यो । घरजग्गा र अर्पाटमेन्ट व्यवसायी दीपक कुँवरकोसमेत लगानी रहेको उक्त अस्पतालका लागि जनताको घर भत्काएर बाटो ठूलो बनाउने योजना पनि उनै कु“वरले बनाए । घरजग्गा व्यवसायीका खेलाडी कु“वर प्राविधिकरुपमा उक्त अस्पतालको अध्यक्षसमेत छन् । उनको योजनामा काठमाडौं उपत्यका नगरविकास प्राधिकरणका पदाधिकारीले अनुचित लाभ लिएर बाटो विस्तारको चिन्ह लगाउने काम भएको स्थानीय जनताले घाम जतिकै छर्लङ्ग बुझेकाछन् । उनीसमेतको लगानीमा उक्त अस्पतालको छेउमा आधा दर्जन बढी गगनचुम्बी महलको अर्पाटमेन्ट निर्माण सम्पन्न भईसकेको छ । आर्थिक मन्दिले घरजग्गा र अर्पाटमेन्ट विक्रीमा कमी आईरहेको बेला बाटो विस्तार भएमा ग्राण्ड इन्टरनेशल टावरकोसमेत व्यापार बढ्ने हुँदा बाटो विस्तारमा ठूलै आर्थिक चलखेल गरिएको छ ।
समाचारस्रोतका अनुसार ग्राण्ड इन्टरनेशल टावर परिसरभित्र रहेको दुईवटा टावर एक भारतीय व्यवसायीले खरिद गर्न चाहेका छन् । उनले आठ लेनमा विस्तार हुने लागेको रिङ्गरोडबाट पाँच मिनेटभित्र अर्पाटमेन्ट स्थलसम्म पुग्न सकिने बाटो चाहेकाले पनि उक्त सडक विस्तार गर्नुपर्ने आवश्यकता परेको हो । आर्थिकमन्दी, गुणस्तरहिन निर्माण र पटक–पटकको भुकम्पले समस्या देखिएपछि कुँवरलाई अर्पाटमेन्ट विकाउनकालागि समस्या पर्दै आएको छ । सोही क्षेत्रमा कुँवरले अन्य हाउजिङ्ग निर्माण गरिरहेकाले बाटो बढाउन अनुचित दबाब दिनेमा उनी नै अग्रपंक्तिमा रहेको आम बुझाईछ । कहिले काँही आर्थिक सहयोग र समाजसेवामा पनि देखिने कुँवरप्रति यतिबेला स्थानीय जनता निकै क्रुद्द बनेका छन् । सम्भावित आक्रमणले उनी निर्वाध हिड्डुल गर्नसमेत नसक्ने अवस्थामा समेत पुगेको बताइन्छ ।
आर्थिक चलखेलकै आधारमा कु“वरले गाविसबाट कागज बनाई सार्वजनिक जग्गासमेत निजी व्यवसायमा प्रयोग गर्दै आएका छन् । धापासी गाविसका तत्कालिन सचिव श्रीओम पुडासैनीलाई घुस खुवाएर उनले सरकारी जमिन व्यवसायीक प्रयोजनका लागि उपयोग गरेको समाचारस्रोतहरूले मूलधारलाई बताएका छन् । त्यतिमात्र नभई उनको अर्पाटमेन्ट परिसर छेउबाटै बग्ने विष्णुमति खोलासमेत भू–माफियाको अतिक्रमणमा परेको छ । कुँवरले प्राधिकरण र गाविसका पदाधिकारीलाई पैसा बुझाएर विष्णुमति नदिलाई खहरे खोला कायम गरी मापदण्ड नै परिवर्तन गरेको स्रोतको भनाई छ । यति हुँदा हुदै पनि अन्य सम्बिन्धत निकायहरूले उनको गलत क्रियाकलापको छानविन गरेका छैनन् । कु“वरले आर्थिक प्रभावमै आफ्नो निर्माण क्षेत्रको सुरक्षाको लागि प्रहरीका उच्च अधिकृतलाई प्रभावमा पारी प्रहरी चौकी नै स्थापना गरेका छन् । प्रहरी नयवनिरिक्षकको नेतृत्वमा नेपाल प्रहरीको एउटा टोली कुँवरको व्यापारव्यवसायको सुरक्षा दिएर बसेको छ । बाहिरीरुपमा हेर्दा आमजनतालाई शान्तिसुरक्षा दिन चौकी स्थापना गर्न देखिएपनि भित्रिखेल भने कुँवरको व्यवसायको सुरक्षा गर्नु हो । प्रहरी चौकी बसेको घर र उनीहरूलाई सुविधा पनि कुँवरले नै उपलब्ध गराउ“दै आएका छन् ।
काठमाडौंको साङ्गला गाविसको स्थायीवासिन्दा कुँवर पञ्चायतकालीन व्यवस्थाका काठमाडौं जिल्लास्तरीय नेता शम्भुमानसिंह कुँवरका छोरा हुन् । वित्तिय संस्थाको ऋण र व्यवसायीहरूलाई संगठित गरेर उनले काठमाडौंमा ठूलो लगानीमा घरजग्गा व्यवसाय गर्दैआएका छन् । इञ्जिनियरसमेत रहेका कुँवरले आफूले गरको कारोबारको करसमेत विभिन्न तरिकाबाट छलदै आएको स्रोतहरूले बताएका छन् ।
स्रोतः muldhar news 
Previous Post Next Post