सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं,
असार १ – यो बर्षको एसएलसी परीक्षामा मुलुकभरका ३ सय भन्दा धेरै विद्यालयको
नतिजा शून्य भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार
तीनसय ३१ विद्यालयको नतिजा शून्य भएको हो । पाँचथर सबै भन्दा धेरै शून्य
नजिता ल्याउने जिल्लामा परेको छ । शून्य नतिजा ल्याउनेमा पाँचथरसँगै इलाम र
अछामका विद्यालय अगाडि छन् ।
पाँचथरमा २३, अछाममा १७ र इलाममा १५ वटा
विद्यालयको नतिजा शून्य भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले
जानकारी दिनुभयो । त्यस्तै डोटीमा १४, उदयपुरमा १३, भोजपुर र मोरङमा १२
ताप्लेजुङमा ११, खोटाङमा ११, सप्तरीमा ११ विद्यालयको नतिजा शून्य भएको छ ।
नियन्त्रक द्वारेले नतिजा शून्य आउने विद्यालय सामुदायिक, संस्थागत
नछुट्टिएको बताउनुभयो ।
सबै भन्दा धेरै गणितमा फेल
एसएलसी दिएका बिद्यार्थी मध्ये धेरै गणित
बिषयमा फेल भएका छन् । यो बर्षको एसएलसीमा १ लाख ७२ हजार २ सय ११
विद्यार्थी गणित बिषयमा फेल भएका छन् । गणितपछि विज्ञान बिषयमा धेरै
विद्यार्थी फेल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक
अनुसार विज्ञानमा १ लाख ६१ हजार २ सय ६० विद्यार्थी फेल भएका छन् । परीक्षा
नियन्त्रक विष्णुबहादुर द्वारेले अंग्रेजीमा फेल हुने विद्यार्थीको संख्या
१ लाख ३४ हजार ७ सय २९ रहेको बताउनुभयो । परीक्षा नियन्त्रणका अनुसार
सामाजिक शिक्षामा १ लाख १२ हजार ९४, नेपालीमा, ५७ हजार ५५ र स्वास्थ्य,
जनसंख्यामा ३० हजार १ सय ५३ विद्यार्थी फेल भएका छन् ।
फेलको कारण शिक्षक
शिक्षासँग सरोकार राख्नेले एसएलसीमा
विद्यार्थी फेल हुनुको प्रमुख कारण शिक्षक भएको औंल्याएका छन् । शिक्षा
पत्रकार समूहले गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक बिष्णुबहादुर
द्वारेले शिक्षकले राम्रो पढाउन नसकेका कारण फेल हुनेको संख्या बढेको
बताउनुभयो ।
द्वारेले भन्नुभयो ‘विद्यालयमा केही
शिक्षकले पढाएका छन केहीले छैनन्, त्यसैको मारमा विद्यार्थी परेका हुन् ।’
शिक्षाविद डा विद्यानाथ कोइरालाले नयाँ प्रविधिसँग घुलमिल हुन नसकेका
शिक्षकका कारण नतिजा खस्केको बताउनुभयो ।
शिक्षक नेता मोहन ज्ञवालीले आफूहरुले
क्याम्पस पढ्दा सिकेका र जानेका भरमा विद्यार्थीलाई पढाउन परेको तर्क
गर्नुभयो । ज्ञवालीले भन्नभयो ‘हामी शिक्षकलाई आवश्यक तालिम, ज्ञान र
सामाग्री छैनन् ।’
إرسال تعليق