महोत्सवका दौरान स्थानीय बासिन्दाको सहयोग सम्बन्धी
अत्यन्त जरुरी सूचना !
हाम्रो पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय
जगतमा पुर्याउन यही फागुन १७ र १८ गते आयोजना गरिने टोखा महोत्सवका दिनहरुमा
निम्न कार्यहरुमा प्रतिबद्धता जनाई महोत्सवलाई अत्यधिक सफल बनाउन सम्पुर्ण
टोखावासीमा हार्दिक अनुरोध छ -
· फागुण १६ गते अगावै आ-आफ्नो घर अगाडीको बाटो,
टोल मठ मन्दिर, चोक चौरहरुको सरसफाई गरौँ ।
· महोत्सव अवधिभर कुनै अन्य कार्यमा संलग्न नभई महोत्सवमा केन्द्रित होऔँ ।
· आफुसँग भएका शीपहरुलाई आयोजक समितिमा जानकारी गर्राई प्रत्यक्ष पर्दशन गरौँ
गराऔँ ।
· ऐतिहासिक सामाग्रीहरु मुल आयोजक समितिलाई अपलब्ध गराई सबैलाई अवलोकन गर्ने
अवसर दिऔँ ।
· झलर, टुलहरु टोल टोलमा टागीं टोल सौर्न्दर्य बनाउ , घर अगाडी कलश राखौं ।
· आ-आफ्नो घरमा रहेको शैचालय महोत्सव अवधिभरको लागि शार्वजनिक रुपमा प्रयोग गर्न
दिऔँ ।
· खानेपानी टोल टोलमा सहज व्यवस्थापन गरौँ ।
· महोत्सव अवधिभर कुनै पनि सवारी साधन नचलाऔँ । जरुरी भएको खण्डमा विहान ६ बजे
अगावै वाहिर लगौँ र बेलुका ६ बजे पछि सुरक्षित भित्र्याउँ ।
· टोखा भित्र र आसपासको शार्वजनिक चोक, टोलमा भोज-भतेरको आयोजना नगरौँ । वाहृय आगन्तुकहरु
सँग सभ्य र शिष्ट व्यवहार गरौं, सभ्य र असल टोखावासीको पहिचान दिऔँ।
· टोखाका पुरातत्व अध्ययन टोखाको सँस्कृति तथा विविध टोखाको गतिविधि सम्वन्धि
लेख रचना छन् भने यही फागुण १० गते भित्र महोत्सव मुल आयोजक समितिलाई बुझाउनुहुन
अनुरोध छ ।
· महोत्सव अवलोकनका लागि आफ्नार् इष्ट मित्रहरुलाई निमन्त्रण गरौं ।
· महोत्सव अवधिभर नेवारीपन झल्कने पोशाक तथा पहिरन लागौँ ।
सभ्य र साँस्कृतिक नगरी टोखाको पहिचानको लागि अन्य
थप सुझाव भएमा टोखा महोत्सव मुल आयोजक समितिलाई दिनुहुन सम्पुर्ण टोखावासीहरुमा
विनम्र अनुरोध गर्दछौँ ।
टोखा महोत्सव मुल आयोजक समिति
टोखा काठमाडौं ।
सर्म्पर्कः०१५११००३६
टोखा सरस्वति गाउँ विकास समिति टोखा चण्डेस्वरी गाउँ विकास समिति
إرسال تعليق