काठमाडौ, माघ ६ -
फेसबुकका कारण धेरै नेपालीले कम्प्युटर चलाउन सिके र इन्टरनेटसँग जोडिए।
मोटामोटी आकलन के छ भने देशको सक्रिय इन्टरनेट जमात भनेकै नेपाली फेसबुक
प्रयोगकर्ता हुन्। इन्टरनेटमा रमाइरहेको जमात बिस्तारै नेपाली एप्सको
प्रयोग गर्न थालेको छ । लोडसेडिङ् नहुँदो हो त एप्स संसारसँग सामान्य
नेपाली यति सजिलै नजोडिन पनि सक्थे। लोडसेडिङ् एप्स डाउनलोड गर्नेहरू मात्र
अहिले ३ लाख ५० हजार नाघेका छन्। लोडसेडिङ् एप्सका सहनिर्माता चन्द्रमान
श्रेष्ठ भन्छन्, "अहिले त्यस्ता नेपाली एप्स लोकप्रिय छन्, जसले मानिसका
दैनन्दिनको आवश्यकतालाई समेट्छन्।"
नेपालमा एन्ड्रोइड, आईओएस वा विन्डोज फोन प्रयोगकर्ता ठ्याक्कै कति छन्
भन्ने आकलन गर्न गाह्रो छ। यद्यपि, एन्ड्रोइड फोनबाट फेसबुक चलाउनेहरू १३
लाखभन्दा बढी छन् भने आइफोन र आइप्याडबाट फेसबुक चलाउनेहरू तीन लाखको
हाराहारीमा छन्। विन्डोज फोन चलाउनेहरू झन्डै एक लाखको हाराहारीमा रहेको
विश्वास गरिन्छ।
दिनहुँ बढिरहेको स्मार्टफोन प्रयोगकर्ताको संख्या स्वदेशी आवश्यकता र
वातावरण अनुकूलको एप्स फस्टाउन पर्याप्त रहेको बताउँछन्, एप्स निर्माताहरू।
"केही व्यक्तिले सोखका रूपमा मोबाइल एप्स बनाउने गरेकामा प्रविधि उद्यमीको
सहयोग पाएसँगै त्यसले अहिले झन् फस्टाउने अवसर पाएको छ," जानकी टेकका
प्रमुख कार्यकारी अमित अग्रवाल भन्छन्, "त्यसमाथि नेपाली एप्सको बजार
देशबाहिर पनि हुन सक्ने प्रशस्त सम्भावना देखा परसिकेका छन्।"
जानकी टेकका दुई इन्जिनियर मनीष मोदी र सुरज सापकोटाले विकास गरेको
तस्बिरलाई भिडियो बनाउने एप्स 'पिकोभिको'बाट अहिलेसम्म ७५ लाखभन्दा बढी
फोटोहरू प्रयोग भएर पाँच लाखभन्दा बढी भिडियो बनिसकेका छन्। वेब भर्सनबाट
सुरु गरएिको पिकोभिकोलाई एन्ड्रोइड एप्समा लगिएपछि यसका ७० प्रतिशतभन्दा
बढी प्रयोगकर्ता अमेरिकाका छन्।
मोबाइलमा भिडियो टोनका रूपमा विज्ञापन बज्ने र त्यसबापत ग्राहकको खातामा
पैसा चढ्ने सुविधा भएको एन्ड्रोइड एप्स 'क्यास अन एड' विश्वमै नौलो प्रयोग
मानिन्छ। नेपालमा मात्र नभएर उक्त एप्स अब मरसिस, श्रीलंका र भारतमा समेत
व्यावसायिक रूपमै जाने अन्तिम तयारीमा छ।
नेपालभित्र मनोरञ्जन वा अन्य विषयगत क्षेत्रका एप्सभन्दा पनि जनजीवनसँग
जोडिएका एप्स चर्चित भइरहेका छन्। आफ्नो दैनिक तालिका सहज पार्ने 'नेपाल
लोडसेडिङ् सेड्युल', 'बत्ती गयो', 'नेपाली पात्रो' अहिले सबैभन्दा चर्चित
छन्। अर्कोतर्फ 'नेपाली डिक्सनरी', 'हाम्रो किबोर्ड'जस्ता नेपाली भाषासँग
जोडिएका एप्स देशभित्र मात्र होइन, डायस्पोरामा छरएिर रहेका नेपालीमाझ पनि
उत्तिकै लोकप्रिय छन्। आमचासोका एटीएम, पेट्रोलपम्प, रेस्टुराँजस्ता थुप्रै
स्थान थाहा पाउने एप्स 'एनलोकेट' पनि चल्तीमा छ।
सीधै इन्टरनेटसँग जोडिने भएका कारण एप्सहरू कुनै भौगोलिक सीमामा सीमित
हुने कुरै भएन। बरू यिनले नेपाली-नेपालीबीच भावनात्मक सम्बन्ध अझ बलियो
पार्न सघाउँछन्। जस्तो ः खेलको एउटा नेपाली एप्स 'अनलाइन बाघचाल' नेपाल,
अमेरिका र भारतमा मात्र नभएर नेपाली जमात बढिरहेको खाडी मुलुकहरूमा पनि
उत्तिकै डाउनलोड भइरहेको छ। यसका निर्माता सेमिकोलन डेभलपर्सका संस्थापक
भूपाल सापकोटा भन्छन्, "बाघचाल नेपाली खेलका रूपमा विदेशीमाझ समेत प्रसिद्ध
भइरहेको छ।" केही भारतीयले समेत बाघचाल खेलकै एप्लिकेसन विकास गरेका छन्
तर रयिल टाइममा रहेर विश्वको जुनसुकै भागमा रहेको अर्को व्यक्तिसँग खेल्न
मिल्ने सुविधा सापकोटाको एप्समा मात्र छ।
गुगल डेभलपर्स गु्रप (जीडीजी)ले विभिन्न समयको अन्तरालमा देशका विभिन्न
भागमा एप्स निर्माणसम्बन्धी कार्यशाला निःशुल्क सञ्चालन गर्छ। यसरी बनेको
उनीहरूको सञ्जालमा मात्र अहिले झन्डै पाँच सय एप्स डेभलपर्स छन्। जीडीसीका
कम्युनिटी म्यानेजरसमेत रहेका सापकोटा भन्छन्, "राम्रो एप्स निर्माण
गर्नेहरूको राम्रै जमात हामीकहाँ विकास भइसकेको छ तर एप्स निर्माण हुँदैमा
सबथोक भइहाल्ने होइन।"
अहिलेसम्म नेपालबाट प्लेस्टोरमा एप्स हाल्न सकिँदैन। विदेशमा भएका साथीको
सहयोग लिनुपर्छ। अपलोडका लागि चाहिने २५ अमेरकिी डलरसमेत नेपालबाट तिर्न
सकिँदैन। गुगल प्लेबाट पैसा तिरेर बेच्न मिल्ने एप्स राख्न सकिँदैन। न त
यहाँबाट पैसा तिरेर डाउनलोड नै गर्न सकिन्छ। कति नेपाली एप्स निर्माता त
यस्ता पनि छन्, जसले बनाएर आउट सोर्सिङ् गरेका एप्स लाखौँपटक डाउनलोड भएका
छन् तर त्यसबापत विदेशी कम्पनीले कमाउँछन्। प्रायः सबै नेपाली एप्स
निःशुल्क डाउनलोड गर्न मिल्ने गरी राखिएका छन्। धेरै सक्रिय भएका कतिपय
एप्सले त स्त्रिmनमा आउने विज्ञापनबाट राम्रो आम्दानी गररिहेका छन्। तर,
वातावरण अनुकूल बन्दै गएमा अन्य थुप्रै तरिकाबाट समेत एप्सले पैसा कमाउन
सक्छ। जस्तो ः फेसबुक, आइफोन/आइप्याड र एन्ड्रोइड फोनबाट ५० करोडभन्दा बढी
डाउनलोड भएको 'क्यान्डी क्रस' निःशुल्क उपलब्ध हुने खेल हो। तर, खेलमा
अगाडि बढ्दै जाँदा उसले 'लाइफ' बेच्न थाल्छ, जसका लागि पैसा तिर्नुपर्छ।
कतिपय एप्स यस्ता पनि हुन्छन्, जसले प्रयोगकर्तालाई एक खाले सुविधा
दिन्छन् तर बेग्लै उद्देश्यमा काम गररिहेका हुन्छन्। जस्तो : अहिले भाइबर,
विच्याटजस्ता एप्ससँग लाखौँ मानिसका थुप्रै डाटा छन्, जसबाट मानिसका अनेकन्
स्वभावको विश्लेषण गर्न सकिन्छ। जानकी टेकका अग्रवाल भन्छन्, "एप्सको
शक्ति हामीले देख्नेभन्दा बढी छ, जसबारे बुझ्न सरकारीलगायत थुप्रै
क्षेत्रबाट लगानी आवश्यक छ।" जानकी टेककै पिकोभिको निर्माण दलले लामो समय
चिलीमा बसेर अध्ययन गर्यो। त्यहाँको एक प्रतिस्पर्धामा उत्कृष्ट भएर ४०
हजार अमेरकिी डलर पुरस्कार पनि पायो।
नेपाली उत्पादकको यो सफलताको कथा एकातर्फ छ, अर्काेतर्फ चिली सरकारले
त्यहाँको 'एप्स इकोसिस्टम' बलियो बनाउनसमेत नेपाली युवाको सहयोग लिएका हुन
सक्छन्। जीडीजीका सापकोटा भन्छन्, "त्यो इकोसिस्टम भनेको एप्स फस्टाउन
चाहिने आधारभूत प्राविधिक पूर्वाधारदेखि त्यसलाई मार्केर्टिङ् गर्नु र
स्थापित बनाउनु हो।"
नेपालमा स्मार्टफोन प्रयोगकर्ताको उत्साहजनक अवस्थासँगै ठूला कम्पनीले
आफ्ना सेवा-सुविधालाई एप्समा लैजाने हो भने ठूलै 'आईटी क्रान्ति' हुन सक्ने
प्रविधि उद्यमीहरू ठान्छन्। जब एप्सहरू आत्मनिर्भर वा उत्साहजनक बाटोमा
जान थाल्छन्, तब एप्सको गुणस्तरीयतासमेत बढ्न जान्छ। क्यास अन एडका
सहनिर्माता सजत श्रेष्ठ भन्छन्, "मार्केट बढेपछि जिम्मेवारी बढ्छन्,
त्यससँगै गुणस्तरीयता र नयाँ-नयाँ फिचरमा ध्यान बढी जान थाल्छ।"
क्यास अन एडकै हकमा हेर्ने हो भने सुरुमा भिडियो टोनबाट सेवा सुरु गरेको
एप्स अब छिट्टै 'रङि्टोन एड' र 'ब्यानर एड'मा जाने तयारीमा छ। नेपाल
लोडसेडिङ् सेड्युलले समेत अब छिट्टै नेपालका जलविद्युत् परयिोजनाहरूले कति
ऊर्जा योगदान पुर्याइरहेका छन् भन्ने जानकारी दिनेछ। कुरा यत्तिमै
सकिँदैन, निर्माणाधीन जलविद्युत् परयिोजनाको अवस्था कस्तो छ, चुहावट कति छ
भन्नेजस्ता जानकारी पनि लोडसेडिङ्को तालिकासँगै आउनेछन्। लोडसेडिङ्
सेड्युलका श्रेष्ठ भन्छन्, "अहिलेसम्म एप्समा चारपटक संशोधन गरेका छौँ।"
डेभलपर्सहरूले दिनहुँ साना-ठूला एप्स निर्माण गररिहेका हुन्छन्। तर,
एप्सको न्यूनतम परीक्षण गर्नसमेत यसलाई बजारमा पठाउनुपर्छ। इन्टरनेटका
मुख्य बजार 'गुगल प्ले' वा 'एप स्टोर'मा ती एप्सलाई नेपालबाट हाल्न नमिल्ने
हुँदा धेरै त्यत्तिकै हराउँछन्। ती मुख्य बजारमा समेत नेपाली अनुकूलताका
एप्स सहजै नभेटिन सक्छन्। त्यही भएर नेपाली एप्स स्टोर 'एप्स झोला'को
अवधारणा ल्याए, सेमिकोलन डेभलपर्सका एप्स निर्माताहरूले। अहिले त्यहाँ २०
नेपाली एप्स डेभलपर्सले आफूले बनाएका एप्स राखेका छन्।
प्रकाशित मिति: २०७० माघ ६
प्रकाशित मिति: २०७० माघ ६
ekantipur.come
إرسال تعليق