प्रथम टोखा महोत्सवको तयारी हुँदै

टोखाको इतिहासमै पहिलो पटक टोखाको मौलिक कला सँस्कृति सम्पदा तथा पर्वहरुको एकै थलोमा खुल्ला रुपमा प्रदर्शी हुने भएको छ ।  प्रथम टोखा महोत्सव आयोजनाकाो तयारीका लागि सोमबार (पुष २२ गते) टोखाका सम्पूर्ण राजनीतिक दल, वडा नागरिक मञ्च, खलः, पुचः, सहकारी, विद्यालय, क्लब र पुस्तकालयका प्रतिनिधिका बीच बृहत छलफल सम्पन्न भएको छ ।  
उक्त छलफलमा महोत्सवका लागि सबै पक्षबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । उक्त वृहत छलफलमा महोत्सवको मुल समारोह समिति नेवा गुथी टोखा लाई मानि त्यसको अधिनमा रहि विभिन्न कार्य समिति तथा सचिवालयको व्यवस्था गर्ने निर्णय गरेको छ ।
भेलाले महोत्सवलाई अत्यधिक सफल बनाउन निम्नानुसार उपसमिति गठन गरी संयोजकको छनौट गरेको थियो । जस मध्य
१. स्टल व्यवस्थापन उपसमिति – माइला डंगोला
२. सांस्कृतिक उपसमिति – मणिराज डंगोल
३. अर्थ उपसमिति – देवराज डंगोल
४. स्वयं सेवक उपसमिति – पुलाल श्रेष्ठ
५. पुरातात्विक उपसमिति – हेमराज श्रेष्ठ
६. अध्ययन कार्यदल – रामराज जोशी
७. खेलकुद उपसमिति – रमेश नापित
८. संस्कार उपसमिति – धर्म कर्माचार्य
९. मञ्च व्यवस्थापन उपसमिति – सुशनलाल श्रेष्ठ
१०. स्वागत सत्कार उपसमिति – ज्ञानमाया डंगोल
११. पार्किङ्ग व्यवस्थापन उपसमिति – सूर्यमान डंगोल
१२. सुरक्षा समन्वय उपसमिति – राष्ट्रमान श्रेष्ठ
१३. प्राथमिक उपचार उपसमिति – शान्ति श्रेष्ठ
१४. सरसफाई उपसमिति – रणबहादुर डंगोल
१५. प्रचार उपसमिति – दिपेन्द्र श्रेष्ठ र रहेका छन् ।
यी संयोजकहरु र नेवा गुथीका पदाधिकारीहरु रहने सचिवालय गठन गर्ने  छ ।  सचिवालयलाई महोत्सवका लागि आवश्यक योजना बनाउने र कार्यान्वयनको नीति बनाउन भेलाले निर्देशित गरेको थियो ।
उक्त भेलाले टोखावासी महानुभावहरु  मध्य क्षमतावान तथा सीर्जनशील ब्यक्तिहरु उपयुक्त लाग्ने उपसमितिमा बसेर योगदान गर्नेहरु लाई उसमितिहरुमा पुष मसान्तभित्र ९ देखि १५ जनासम्म सदस्य रहने गरी पूर्णता दिन निर्देश गरेको छ । 
महवत्सव यहि २०७० फागुन १७ र १८ गते गर्ने तयारीमा जुटेको छ ।

Post a Comment

Previous Post Next Post