चीनको कुटनीतिक चासो सन् २०१४ मा तुलनात्मक रुपमा नेपाल भारत लगायतका छिमेकी राष्ट्रहरुमा अन्य मुलुकहरुभन्दा बढी केन्द्रित हुनेछ ।
बलियो विश्व शक्ति राष्ट्र बन्नको लागि
छिमेकीहरुसँगको सम्बन्ध मजबुत भएको खण्डमा सहज हुने भएकोले चीन त्यो रुपमा
अगाडि बढ्न सक्छ । चीनमा आएको नयाँ नतृत्वले धेरैभन्दा धेरै राष्ट्रहरुको
भ्रमण गरिसक्यो । त्यसको मुख्य कारण हो, सम्बन्ध स्थापित र मजबुत बनाउनु ।
वासिङटनलाई देखाउनै भएपनि चीनले छिमेकी राष्ट्रसँग मित्रवत व्यवहार गर्न
चाहन्छ ।
‘यसको मतलब यो होइन कि, हामी ठूला र
विकाशशिल राष्ट्रहरुसँग मिल्दैनौँ ।’ चीनको रेनमिन यूनिभर्सिटी अन्र्तगतको
स्कूल अफ इन्टरनेशनल स्टडिजका सहायक डिन जिन क्यानरङले भने ।
छेछाउका राष्ट्रहरुसँगको कुटनीतिक
सम्बन्धबारे अक्टोबरमा बेइजिङ्गमा भएको एक गोष्ठीमा उनले गणतान्त्रिक
राष्ट्रभएदेखि नै चीनले अरु राष्ट्रहरुसँग सुमधुर सम्बन्ध चाहेको
प्रस्ट्याए । भने ‘चीनले सन् १९४९ देखि नै अरुसँग सुदृढ सम्बन्ध बनाउन
चाहेको थियो ।’
सो गोष्ठीमा चिनियाँ राष्ट्रपति सी
जिनपिङले छिमेकी देशहरूसँग सम्बन्धको नयाँ आयाम पहिल्याएको स्पष्ट संकेत
दिएका थिए । छिमेकी देश समृद्ध नहुन्जेल चिनियाँ समृद्धीले सही उचाइ
प्राप्त गर्न नसक्ने उनको धारणा थियो ।
त्यसो त २०१२ नोभेम्बरमा सम्पन्न सीपीसीको
१८ औं महाधिवेशनले नै सन् २०२१ सम्ममा औसत समृद्धि तथा सन् २०४९ सम्ममा
समृद्ध, बलियो, प्रजातानन्त्रिक, सांस्कृतिक रूपमा विकसित, मैत्रीपूर्ण र
आधुनिक चीन निर्माण गरिसक्ने लक्ष्य राखेको थियो ।
जिनले विभिन्न सीमामा भएका समस्या,
स्वायत्तता सम्बन्ति समस्यालाई इङिकत गर्दै सम्बन्ध चिस्सिएका
राष्ट्रहरुसँग पनि सुदृढीकरण गर्ने बताए ।
उनले मुख्य दुई कुरालाई समस्याको रुपमा
व्याख्या गरे – चीन प्रति अमेरिकी अविश्वास र चीनको केही छिमेकी
राष्ट्रहरुसँग द्वन्द्व । ‘अहिलेसम्म पनि यस्तो देखिन्छ, अमेरिकाले चीनलाई
विश्वास गर्न सकेको देखिँदैन ।’ उनको भनाई थियो, ‘न अमेरिकासँग इच्छा छ न त
शक्ति नै चीनसँग हाकाहाकी प्रस्तुत हुने ।’
‘बरु अमेरिकाले हामी र हाम्रा छिमेकी बिचको
सम्बन्ध बिगारेर फाइदा लिने प्रयत्न गरिरहेको छ ।’ उनले अगाडि थपे,
‘त्यसैले हामी छिमेकीसँग राम्रो र स्थिर सम्बन्ध बनाउँछौँ । जसले दुवै
समस्याको एकैसाथ हल गर्छ ।’
अमेरिकाले चीनमा धेरै कार्डहरु प्रयोग
गरेको छ । चीनको सम्बन्ध बिग्रिएका राष्ट्रहरु जापान, फिलिपिन्स, कोरियासँग
मिलेर चीन विरुद्ध अमेरिकाले कदम चालेको चिनियाँ बुझाई छ ।
क्यालिफोर्नियाका कानुन विषयका प्राध्यापक
बोब बेरिङ्गले चीन प्यासिफिक क्षेत्रमा आफू ठूलो शक्ति रहेको दावी गरिरहेको
उल्लेख गरे । प्यासिफिक क्षेत्रमा अमेरिकाले जुन नियन्त्रण राख्थ्यो, त्यो
विस्तारै हराउँदै गएको र चीनले आफ्नो कब्जामा लिँदै गएको उनको संकेत थियो
।
‘चिनियाँ नेतृत्वले आफ्ना जनतालाई विभिन्न
जडसुत्रवादी सोचहरुका बाबजुद पनि राम्रो सेवासुुविधा दिने गरेको छ’ उनले
भने, ‘आगामी दिनमा चीनले अन्तर्राष्ट्रिय मामिलाहरुमा कडा किसिमको व्यवहार
अख्तियार गर्न सक्छ ।’
बेरिङ्गको बुझाई – ‘विभिन्न राज्यहरुमा गुमाएको नियन्त्रण फेरि नियन्त्रणमा ल्याउनु नै चीनको मुख्य प्राथमिकता हुनेछ ।’
इतिहासविद् अड आर्ने वेस्ट्याडले डिसेम्बर
१८ मा भएको ‘एसिया सोसाइटी अफ न्यूयोर्क’ नामक कार्यक्रममा चीनको उच्च
राजनीतिक तहले जुनसुकै समयमा चीन विश्वकै सफल शक्तिको रुपमा चिनिने बुझेको
जनाए । उनले भने ‘दुई दशकपछि चीन विश्वकै ठूलो शक्तिको रुपमा स्थापित हुनेछ
।’
एसियाली मुलुकसँगको सम्बन्ध
चीन–जापान सम्बन्ध चिसिएको मुख्य कारण
डियायू नामक टापु हो । जसलाई दुवै पक्षलेआफ्नो भएको दावी गर्छन् । बरिष्ठ
अनुसन्धानकर्ता डनक्यान फ्रिम्यानले चीन र यसका अन्य छिमेकी
राष्ट्रहरुसँगको सम्बन्धबारे वेइजिङ्ग चनाखो हुनुपर्ने धारणा राख्छन् ।
यूकेका प्राध्यापक इयान टेलरले एसियाली
राष्ट्रहरुमा परापुर्वक कालदेखि नै तनाव रहँदै आएकाले तत्काल सम्बन्ध
सुध्रिने देख्दैनन् । उनले बुझेअनुसार बरु जापान आफ्ना क्षमता बढाउँदै
चीनसँग ‘राइभर्ली अफ पीयर्स’को व्यवहार गर्न चाहन्छ ।
त्यसैले उनले चीनलाई कानुनी रुपमा बलियो
भएर जापानसँग छलफल गर्न सुझाए । इस्ट चाइना सि मा पुग्नको निम्ति र डियायू
टापुमा एयस फोर्स बढाउनको लागि कानुनी बाटो समात्नु रणनीतिक फाइदा हात
पार्ने उपाय हो ।
चिनियाँ विदेशमन्त्री वाङ्ग यीले चीन र
एसियाली अरु मुलुकहरुमा फ्रि टे«ड एरिया बनाएर सबैलाई गोलबद्ध गर्ने योजना
सुनाए । तर फिलिपिन्ससँग रहेको द्वन्द्वले त्यसलाई सहज हुने देखिँदैन ।
चाइना इन्स्टिच्यूट अफ इन्टरनेशनल स्टडिजका
अध्यक्ष जु जिङ्गले डीपीआरकेमा देखिएको अस्थिर र अनपेक्षित अवस्थाका कारण
चीनलाई अर्को समस्या खडा गरेको बताए । बेइजिङ्ग सुरक्षा, अर्थको कारणबाट
पनि सुरक्षित हुने पर्ने धेरैले बताउँछन् । अमेरिकी र नेटो सेनाको कारण पनि
समस्या बल्झिने देखिन्छ । चीनले छिमेकीहरुको सुरक्षा क्षेत्रमा अधिक लगानी
गरिरहेको छ । जसले आतंकवादी क्रियाकलाप बढाउनुमा चीनको भूमिका छ भनेर
अन्तर्राष्ट्रिय समूदाय विरुद्धमा उत्रिन पनि सक्दछन् ।
एसिया न्यूज नेटवर्कमा प्रकाशित समाचारबाट अनुदित
Post a Comment