कक्षा ११ को नतिजा आज आउँदै

काठमाडौं २६ पुस :  कक्षा ११ को नतिजा आज शुक्रबार आउने भएको छ।  काठमाडौं उच्च माध्यमिकशिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाकोनजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ।
 
परिषद् सदस्यसचिव भीमलाल गुरुङले शुक्रबार नतिजा सार्वजनिक गरिने बताए। परीक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थीसहभागी थिए। जसमध्ये नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र आंशिकतर्फ एक लाख ६९ हजार ४ सय ५७ विद्यार्थी सहभागी थिए।
 
परीक्षा सञ्चालन भएको लामो समय बितिसक्दा पनि नतिजा सार्वजनिक नभएको भन्दै असन्तुष्टि सुनिदै आउको थियो । 
 

Post a Comment

Previous Post Next Post