त्रिविमा सेमेष्टर प्रणाली लागू नगर्न विद्यार्थी संगठनको चेतावनी

काठमाडौ, माघ ९ – नौ विद्यार्थी संगठनले सेमेष्टर प्रणाली तत्काल लागू नगर्न त्रिभुवन विश्वविद्यालयलाई चेतावनी दिएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल छैठौ, अग्रगामी विद्यार्थी संगठन, मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिक, नेक्रावि संघ, राष्ट्रिय संघीय समाजवादी विद्यार्थी संघ र क्रान्तिकारी विद्यार्थी संगठन नेपालले पत्रकार सम्मेलन गरी निर्णय तत्काल सच्याउन माग गरेका हुन् । विश्वविद्यालय क्याम्पसमा स्नातकोत्तर प्रथम वर्षको भर्ना तत्काल खोल्नुपर्ने, दुईथरी विद्यार्थी उत्पादन गर्ने नीति खारेज गर्नुपर्ने, शैक्षिक माफियाकरणको अन्त्य गर्नुपर्ने, शैक्षिक क्यालेण्डर ब्यवस्थित गर्नुपर्ने अनियमित प्राध्यापकलाई कारवाही गर्नुपर्ने, शैक्षिक अराजकता तत्काल अन्त्य गर्नुपर्ने त्रिविमा हुने राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्ने लगायत माग गरेका छन् ।

Post a Comment

Previous Post Next Post