काठमाडौं १८ पुस - विजुलीको भाऊ
बढाउने तयारीमा रहेको नेपाल विद्युत प्राधीकरणले लोडसेडिङको समय फेरि
बढाएको छ । अहिले भइरहेको भन्दा दैनिक तीन घन्टा लोडसेडिङ थप गरेको छ ।
प्राधिकरणका अनुसार ३ दिन ३ घण्टा र ४ दिन २
घण्टा थप भएको छ । प्राधिकरणले पुस २१ गतेदेखि लागू हुनेगरी साताको ८०
घन्टा विद्युत कटौति गर्ने जनाएको छ ।
जसअनुसार सातामा तीन दिन १२ घन्टा र बाँकी
चार दिन ११ घन्टाका दरले विद्युत आपूर्ति बन्द हुनेछ। अहिले प्राधिकरणले
दैनिक ९ घन्टा विद्युत कटौति गर्दै आएको छ ।
إرسال تعليق