काठमाडौं, २२ कात्तिक : नेकपा-माओवादीकी
प्रवत्ता पम्फा भुसालले संविधानसभा निर्वाचन बिथोल्ने गरी पूर्वघोषित १०
दिन लामो आमहड्ताल कार्यक्रम यथावत रहेको विज्ञप्ति प्रकाशित गरेलगत्तै
सरकारले बन्दकर्ता नेतालाई पक्राउ गर्न निर्देशन दिएको छ ।
सरकारको निर्देशन बमोजिम सुरक्षा
निकायहरुले शान्तिपूर्ण वा जुनसुकै भए पनि बन्द गर्न सडकमा उत्रनेलाई
पक्राउ गरी स्थानीय प्रशासन ऐनको प्रयोग गरी थुन्ने तयारी गरेका छन् ।
उपत्यकाको सुरक्षाका लागि नेपाली सेना,
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त योजना पनि तयार गरिएको अन्नपूर्ण
पोस्टमा खबर छापिएको छ । जसअन्तर्गत नेपाली सेनाले नियमित रुपमा गर्दै आएको
फ्ल्याग मार्चमार्फत बढी संवेदनशील क्षेत्रको नियन्त्रण ९एरिया डोमिनेसन०
गर्नेछ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले बन्द गर्न सडकमा निस्कनेहरुलाई
पक्राउ गर्नेछन् ।
‘तोडफोड र आगजनीका घटना भए मुख्य नेतालाई
पक्राउ गरिनेछ,’ सुरक्षा स्रोतले भन्यो, ‘बन्दअघिदेखि नै उनीहरुमाथि
निगरानी बढाउन र हिंसात्मक कुनै पनि काम हुन नदिन सुरक्षाफौज परिचालन
गरिएको छ ।’
बन्दको फाइदा उठाई निर्वाचन विरोधी गतिविधिमा लाग्ने जोकोहीको पनि पहिचान गर्न फक्राउ नीतिले सजिलो बनाउने सरकारी ठम्याई छ ।
إرسال تعليق