आज बन्दको पहिलो दिन कहाँ के भयो ?

आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित, विहानै तोडफोड र आगजनीकाठमाडौं, २५ काठकाडौं (ओएनएस) :  नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्तालका कारण सोमबार बिहानैदेखि देशका विभिन्न ठाउँमा अपराधिक घटनाहरु घटेका छन् ।
 
सरकारले बन्द निष्क्रिय बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपनि तोडफोड, आगजनी, बम बिस्फोट लगायतका घटनाहरु भएको छ । बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प भएका छन् । सडकमा बनद गर्न बसेका तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
उपत्यका
कोटेश्वरमा नागरिक दैनिकको बा ४ च ४८७२ नम्बरको गाडी तोडफोड गरिएको छ । सुविधानगर तीनकुनेमा पार्किङ गरिएको बा ६ च ५५११ र बा ३ च ७८२२ सवारी तोडफोड गरिएको छ । तीनकुनेमै ट्रिटन कलेजमा पाकिर्ङ गरिएको बा ४ च २४३२ कार तोडफोड गरिएको छ । बतिसपुतलीमा एमाओवादीको वडा नम्बर ९ को कार्यालयमा आगजनी गरिएको छ । ग्लोबल कलेज अगाडि रहेको कांग्रेस सम्पर्क कार्यालय तोडफोड गरिएको छ । राजधानीमा केही सवारी तोडफोड गरिएको छ भने आधा दर्जन स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
 
काठमाडौंको त्रिपुरेश्वरमा भेटिएको बम डिस्पोज गरिएको छ । बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजार, कमलपोखरी, महाराजगंजमा पनि शंकास्पद वस्तु भेटिएका छन् । त्रास फैलाउन जताजतै शंकास्पद वस्तु राखिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार प्रहरीले काठमाडौंबाट २३ जना र ललितपुरबाट १६ जना पक्राउ गरेको छ । तीमध्ये नागरिक दैनिकको गाडी जलाउने तीन जना पनि पक्राउ परेका छन् ।
 
त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा जीपमा पनि आगजनी गरेको छ । खरिपाटीस्थित शान्ति मन्त्राालयको बा. १ झ. ७०८४ नम्बरको पार्किङ गरिराखेको गाडीका गएराती एक बजे आगजनी गरिएको छ ।  सानोथिमि एसओएस नजिकैको एक वालुवा डिपोमा रोकिराखेको बसमा आगजनी गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
 
ललिपुरमा प्रहरीले मशाल जुलुस निकाल्न खोज्ने बैद्य समूहका ४ कार्यकर्तालाई पक्राउ गरेको छ । बालकुमारी, कुम्भेश्वर, मंगलबजार लगायतका क्षेत्रमा सवारी आवागमनमा अवरोध गर्न खोजेको आरोपमा थप १६ जना पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
 
काभ्रे
नेकपा–माओवादीका कार्यकर्ताले सडक अवरुद्ध बनाउन पाँच स्थानमा बम राखेको छ । तामाघाट, खावा, श्रीखण्डपुर, चण्डेश्वरी र डाँडागाउँमा राखिएको बम फेला परेका खड्गदल गणका गणपति जगत पौडेलले जानकारी दिए ।
 
नुवाकोट
नुवाकोटको सदरमुकाम विदुर नजिक रहेको एमाओवादी पार्टी कार्यालय र वट्टार क्याम्पस अगाडि राखीएको बम आज विहान सेनाको टोलीले निस्कृय पारेको छ । प्रशासनमा व्यवसायीहरुले वन्द विरुद्ध यातायात र वजार खोल्ने सहमति गरेपनि नेकपा माओवादीले बजारमा वम राखेका कारण व्यवसायीहरु आतङ्कित भएका छन् ।
 
चितवन 
चितवनको रत्ननगरमा सिलिण्डर बम विस्फोट भएको छ । त्यसैगरी पश्चिम चितवनको शिवनगर ९ मा सिमेण्टको बोरामा तारा बाहिर निकालेर राखिएको शंकास्पद बस्तु फेला परेको छ । भरतपुर नगरपालिका १३ आनन्दचोकमा पनि शंकास्पद फेला परेको छ । बिहानै देखि हडतालको असर देखिएको छ । बिहान सवारी शुन्य संचालन भएपनि अहिले हलुका सवारी साधन चल्न थालेका छन । 
 
धरान
धरानको अमरहाटमा अज्ञात समुहले तेह्ररथुम जादै गरेको जिल्ला प्रशासन कार्यालयको नयाँ गाडी विहान  बजे तोडफोड गरेको छ । मोटर साइलकमा आएका दुइ युवाले संविधानसभाको निर्वाचन प्रयोजनका लागि तेह्ररथुम जिल्ला प्रशासन कार्यालयका लागि गइरहेको सेतो बोलेरो तोडफोड भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै, धरानको जिरो पोइन्टमा नम्बर नखुलेको एक टेम्पो पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।
 
धनकुटा 
एकिकृत नेकपा माओवादीको धनकुटा स्थित निर्माणाधिन पार्टी कार्यालयमा बिहान सुतली बम बिस्फोट भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए । जितपुरमा माओवादीका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
 
महोत्तरी 
सर्लाही सीमासंग जोडिएको महोत्तरीको कान्तिबजारमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद कार्टुन रहेको स्थानलाई नेपाल प्रहरीका तीन टोलीले घेरावन्दी गरि सुरक्षा नियंत्रणमा लिएको छ । 
 
दोलखा
बन्दकर्ताले अरनिको यातायात सेवा समितिको २ वटा बसमा आगजानी गरेको छन् । समितिका सचिव श्याम लामा का अनुसार दोलखा बसपार्कमा पार्किङ गरिराखेको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा भएको छ । विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।

उदयपुर 
उदयपुरको सदरमुकाम गाईघाटमा बिहाने ७ मिनेटको अन्तरमा ४ वटा बम बिस्फोट भएको छ । नयाँ बसर्पाकको आसपाको क्षेत्र, पुरानो गाईघाट र गाईघाट बजारको उत्तर र पश्चिम तर्फ विस्फोटन भएको छ । 
 
सुर्खेत
बन्द कर्तालेयात्रु बसमा ढुङगा प्रहार गरेका छन् । बन्दकर्ताले ढुङगा प्रहार गर्दा यात्रु बसमा रहेकी वीरेन्द्रनगर ७ की पृती गुप्ताको टाउँकोमा चोट लागेको छ । वीरगञ्जबाट वीरेन्द्रनगर आउँदै गरेको ना ३ ख ४७९० नम्बरको यात्रु बसमा बन्दकर्ताले लुकेर ढुङ्गा प्रहार गर्दा शिशा फुटेको क्षेत्रीय प्रशासक इन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । 
 
सल्यान
सल्यानको सिनबांगको भबानी माध्यामिक बिद्यालय छायानाथमा शंकास्पद बस्तु भेटिएको छ । बम हुन सक्ने प्रहरीको आशंका छ । बन्दकै क्रममा माओबादीले क्षेत्र नं १ का उमेदवार टेक बहादुर बस्नेतको घरमा कालो झन्डा समेत गाडेका छन् ।

Post a Comment

أحدث أقدم